नमस्कार मेरो नाम निशान्त पन्डीत हो। म १२ वर्षको भएँ। मैले स्थानीय जेरीको मिडिल स्कुलबाट भर्खर कक्षा ६ उतीर्ण गरेको छु।
स्कुलबाट हुने गर्मीयामको छुट्टीमा म सधैं मनोरम ठाउँमा घुम्म जानेबारे सोच्दछु। मेरा बाबाआमाले पनि मेरो इच्छालाई नकार्नु हुँदैन।
मले यस पटक लेक जर्ज, न्यूयोर्कमा जाने इच्छा व्यक्त गरेको थिएँ। सोही अनुसार बाबा र मेरो आदरणीय अंकल नवराज केसीले सोही ठाउँमा लैजाने कुरा गर्नुभयो। यो कुराले म पनि खुसीले फुरुङ्ग भएँ।
यो ठाउँ नवराज अंकलले राम्रोसँग चिन्नु भएकोले बाबाआमाले पनि हुन्छ भन्नुभयो। हामीले लेक जर्जको यात्रा शुरु गर्नुअघि बाबाले वारेन्सबर्ग शहरमा एयरबीएनबी बुक गर्ने लगायतका सबै प्रवन्ध मिलाइसक्नु भएको थियो। कार भाडामा पनि लिइसक्नु भएको रहेछ । बाबाले शेभरोलेट सर्ववन बुक गर्नुभएको थियो तर पछि ग्राण्ड वागोनियरमा अपग्रेड गर्नुभयो। यो कार सबैभन्दा राम्रो कार हो। त्यसमा हाम्रा ब्याग लगायत खानेकुरा सबै राम्रोसँग अटायो । अझै आरामदायी सिट आहा !
जुन २९ को दिन बिहान अलि-अलि बादल लागेको थियो, मौसम साँच्चिकै राम्रो थियो। म घुम्न जाने भने पछि अघिल्लो रात खासै राम्रोसँग निद्रा पनि लागेको थिएन। कस्तो होला, कति रमाइलो होला जस्ता कुरा सोचिरहें र बिहान सबेरै उठेर यात्राको तयारीमा जुटें। बाबाले पनि तयारी गरिरहनुभएको थियो।
बाबाआमा र म तयारी भएर नवराज अंकलकोमा पुग्यौं। बाबा र अंकल कार लिन जानुभयो। आमा र म त्यही बस्यौं। बाबा र अंकल गएपछि कतिबेला आउनुहुन्छ भनेर धेरैबेर प्रतिक्षमा बसें म। बाबा र अंकल सरर कार लिएर आउनुभयो। मलाई कार देखेरै धेरै खुसी लाग्यो। अब हाम्रो यात्रा यही कारमा सरर लेक जर्जतिर। कारमा हामी बाबा-आमा, नवराज अंकल अनि रमिला आन्टी र नवराज अंकल आन्टीका दुई छोरा निरभ र निल गरेर ७ जना जाने भयौं। निरभ र निलले मलाई साह्रै माया गर्ने, मैले पनि नगर्ने कुरै भएन।
हामीले कलेज पोइन्टबाट वारेन्सबर्ग सम्मको यात्रा शुरु गर्यौं। यात्राको क्रममा हामी न्यूयोर्कको राजधानी अल्बानीमा रोकियौं।
जहाँ बाबा र अंकलले धेरैवर्ष पहिले व्यापार गर्नुभएको थियो। उहाँहरुले पनि पुराना सम्झनालाई ताजा गर्ने मौका पाउनुभयो। भन्दै हुनुहुन्थ्यो, ‘हामीले १६ वर्ष पहिला यहाँ धेरै रमाइलो गरेका थियौं।’
हामी बाटोमा धेरै रमाइला दृश्यहरु हेर्दै रमाउँदै, आराम गर्दै वारेन्सबर्ग पुग्यौं जहाँ बाबाले एयरबीएनबी बुक गर्नुभएको थियो।
त्यहाँ मलाई अलिकति नरमाइलो जस्तो लाग्यो, के पाइनँ जस्तो लाग्यो किनभने म मोबाइल सेवाबाट बञ्चित भएँ। तर हामी बाबाले बुक गरेको घरमा पुग्यौं अनि मात्र म फ्रेस भएँ। हामी आउनु भन्दा केही समय अघिमात्र सजावट गरेको घर, ट्वाइलेट बाथरुम जोडिएका कोठा आहा कति सुन्दर , अझै झ्यालबाट बाहिर हेर्दा निकै सुन्दर देखिन्थ्यो। मैले उक्त घर छतसम्म गएर निहाले, साँच्चै राम्रो थियो।
अझै बैठक कोठामा भित्ता भरिको टिभी थियो, खेल्ने ठाउँ खुल्ला थियो। सबै प्रकारका खेल कति रमाइलो ? मेले बाबा र नवराज अंकललाई भने , ‘हामीले खाना खाइसकेपछि पुल खेलौन है।’ बाबा र अंकलले पनि हस् भन्नुभयो, म खुसी भएँ। हामी सबै मिलेर पुल पनि खेल्यौं, अझै मैले निललाई खेल्न सिकाएँ पनि । रातको १२ बजे हामी सबै सुत्न गयौं।
भोलि पल्ट विहान उठ्नासाथ नवराज अंकलले खाजा तयार गरेर दिनुभयो। ससेजको छेउमा बेकन अण्डा र चीजको स्यान्डविच आहा कति मिठो। खाजा खाइसके पछि हामीले लेक जर्जतिरको यात्रा तय गर्यौं।
Wagoneer ले हामीलाई लेक छेउसम्म पुर्यायो । त्यसपछि हामी त्यहाँको मनोरम दृश्यसँग रमाउन थाल्यौं। हामीले प्यारासेलिङको टिकट किन्यौं तर टिकट अलि महँगो पनि रहेछ। हामी बन्दरगाहाबाट केही पर बोटमा गएपछि प्यारासुटमा बाधियौं । करिव तीन सय मिटर माथि पुगे पछि तलको ताल, पहाडको दृश्य देख्दा साँच्चिकै स्वर्गको अनुभव भएको थियो।
त्यपछि हामी शहरका विभिन्न ठाँउ घुम्यौं आइसक्रिम, चकलेट लगायतका विभिन्न परिकार पनि खायौं। हामीले जर्ज लेकको बारेमा त्यहाँका स्थानीयलाई सोध्यौं। उहाँहरुले पनि सबै वृतान्त बताउनु भयो । त्यस पछि हामीले स्थानीय पिज्जेरियाबाट पिज्जा लिएर पहाडतर्फ लाग्यौं। पहाडको शिखरबाट रमाइला दृश्यहरु अवलोकन गर्यौं, लेक जर्ज त अझै कति रमाइलो देखिने।
रमाइला हरिया पहाडहरु, राजमार्गहरु साँच्चिकै रमाइलो दृश्य । ती दृश्यलाई पछि पारेर फोटो पनि खिच्यौं, रमायौं। अर्को पहाडमा जानलाई हामी पैदल यात्रा गयौं, उकालो र साँघुरोबाटो विस्तारै विस्तारै हिड्यौं। दुरविबाट टाढा टाढाका दृश्यहरु निहाल्यौं। त्यसपछि हामी Adirondack जंगलमा लगभग एक घण्टा यात्रा गर्यौं।
केही सडकहरू कच्चा थिए त्यसैले क्याम्पिङ यात्रा जस्तै लागेको थियो। हामीले Wagoneer पार्क गरिसकेपछि Adirondack जंगलबाट पैदल यात्रा गर्यौं । एक शान्त स्थान , अग्ला अग्ला रूखहरू र प्रकृतिको आवाजले घेरिएको शान्तमय क्षेत्र साँचिक्कै रमाइलो थियो।
तेस्रो दिन, हामी Warrensburg बाट घर फर्कंदा अल्बानी, NY मा सरकारी भवनहरू हेर्न जाने निर्णय गर्यौं। हामीले Wagonee नजिकैको स्ट्रीटमा पार्क गरि न्युयोर्कको राजधानीमा मैले धेरै सुन्दर तस्बिरहरू खिचें। हामीले त्यहाँ पिकनिक टेबलमा खाना पनि खायौं। NYC मा घर फर्कंदै गर्दा, Wagoneer निकै आरामदायी थियो।
यस्तो लक्जरी कारले यात्रालाई धेरै रमाइलो बनायो। हामीले घर फर्कंदा बाटोमा गरेका सबै राम्रा कुराहरूको बारेमा पुन स्मरण गर्यौं।
म Wagoneer सँग अर्को साहसिक यात्रा गर्न प्रतिक्षारत छु। यो यात्रा मेरो जीवनको असाध्यै स्मरणीय यात्रा थियो। यात्रामा मेरो धेरै हेरचाह गर्नुभएकोमा नबराज केसी अंकल र रमिला खड्का केसी आंटीलाई धेरै धेरै धन्यवाद।
निशान्त पण्डित
जेरिको, न्यूयोर्क