१० मंसिर २०८१, सोमवार
25 November 2024, Monday

नेपालका डिजिटल कन्टेन्ट क्रियटरहरूका लागि नि:शुल्क मेला आयोजना गर्दै अमेरिकी दूतावास

नेपालका डिजिटल कन्टेन्ट क्रियटरहरूका लागि नि:शुल्क मेला आयोजना गर्दै अमेरिकी दूतावास

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले ‘क्रियटर्स मेला २०२४’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालका डिजिटल कन्टेट क्रियटरहरूलाई लक्षित गर्दै दूतावासले आउँदो ११ र १२ साउनमा यो कार्यक्रम गर्न लागेको हो ।

‘बिल्ड, ब्रान्ड, बुस्ट’ नारा दिइएको यो कार्यक्रममार्फत क्रियटरहरूले​ आफ्नो सीप तिखार्न सक्ने बताइएको हो ।

त्यस्तै कार्यक्रममा एआई, मनिटाइजेसन, सुरक्षा, गोपनीयता, मानसिक स्वास्थ्य जस्ता विषयमा वर्कशप समेत हुनेछन् । साथै विभिन्न वक्ता तथा कलाकारले प्रस्तुति समेत दिने छन् ।