८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

रातमा बस सञ्चालनमा रोक लगाउने गृहमन्त्रालयको तयारी

रातमा बस सञ्चालनमा रोक लगाउने गृहमन्त्रालयको  तयारी

काठमाडौं – गृहमन्त्रालयले बर्खामा रातको समयमा सवारीसाधन सञ्चालन गर्दा थप जोखिम हुने भन्दै बर्खाको बेला रातको समयमा यातायात सञ्चालनमा रोक लगाउनेगरी  छलफल सुरु गरेको छ ।

आज बिहान ३: ३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस पहिरोले बगाएर बेपत्ता भएपछि गृहले रातमा बस चलाउन रोक्ने प्रस्ताव गरेको हो । उक्त विषयमा यातायात व्यवसायीहरूसँग छलफल गर्न लागिएको मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ ।