८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

सीमलताल दुर्घटना : नारायणी नदीमा मृत भेटिएका पुरूषको पहिचान खुल्यो

सीमलताल दुर्घटना : नारायणी नदीमा मृत भेटिएका पुरूषको पहिचान खुल्यो

काठमाडौं । शुक्रबार नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका बस र यात्रु खोज्ने क्रममा मृत भेटिएका पुरूषको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार शनिबार गोलाघाटस्थित नारायणी नदीबीचमा एक व्यक्ति मृत अवस्थामा भेटिएका थिए ।

ती व्यक्ति भारतीय नागरिक ऋषिपाल साह रहेको खुलेको प्रहरीले जनाएको छ । उनको साथमा भेटिएको एटीएम कार्ड र भारतीय आधार कार्डबाट पहिचान खुलेको हो ।

तर, उनी बस दुर्घटनामा परेका व्यक्ति हुन् वा होइनन् पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।

यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ ।