२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

भानुभक्तले भाषा र साहित्यमार्फत राष्ट्रिय एकता प्रवर्द्धन गरे : विद्या भण्डारी

भानुभक्तले भाषा र साहित्यमार्फत राष्ट्रिय एकता प्रवर्द्धन गरे : विद्या भण्डारी

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पुर्‍याएको विशिष्ट योगदानको स्मरण गरेकी  छिन्।

आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा आज पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको रामायणले विविध भूगोल, जातजाति, संस्कार र संस्कृति अँगालेका नेपालीबीच अपनत्वको भावना र साझा मनोविज्ञानको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताइन्।

उनले आचार्यलेप्रति सम्मान प्रकट गर्ने विशेष दिनका रूपमा भानु जयन्तीलाई ग्रहण गर्नुपर्ने उल्लेख गरिन्।