६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

क्वीन्सका नेपालीमा भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले जमैका नेपाली समाजद्वारा पिकनिका कार्यक्रममा आयोजना

क्वीन्सका नेपालीमा भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले जमैका नेपाली समाजद्वारा पिकनिका कार्यक्रममा आयोजना

न्यूयोर्क : जमैका नेपाली समाजले ‘समर पिकनिक-२०२४’सफलतापूर्वक सम्पन्न गरेको छ। क्वीन्स स्थित फरेस्ट पार्कमा भब्य र उत्साहजनक सहभागिता सहित पिकनिक कार्यक्रम सम्पन्न गरेको हो।

न्यूयोर्क क्वीन्स अन्तर्गत ओजोन पार्क, साउथ ओजोन पार्क, क्वीन्स भिलेज , रिचमन्ड हिल्स साउथ ओजनपार्क तथा जमैका वरीपरी बसोवास गर्ने नेपालीहरूको संस्था जमैका नेपाली समाजद्वारा पिकनिक आयोजना गरिएको हो। फरेस्ट पार्कमा आयोजना गरिएको सो कार्यक्रम भव्यरूपमा सम्पन्न भएको सहभागीहरुले बताएका छन्।

पिकनिकमा स-साना बालबालिकादेखी वृद्धवृद्धाहरूसमेतङ्कव सहभागिता रहेको थियो। सहभागीहरु बीबीक्यू चिकेन र अन्य नेपालीखानाका परिकारहरूको स्वादमा दिनभर ठट्ठा गफ, रमाइलो गर्दै आनन्दित भएका थिए।

पिकनिकमा न्यूयोर्कका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू अतिथिको रुपमा सहभागी भएका थिए। १५० जनाभन्दा बढ़ी व्यक्तिहरू परिवारसहित सहभागी भएका उक्त कार्यक्रम संस्थाले विदेशी कर्मथलोमा रहेका नेपालीहरूमाझ एकापसमा चिनजान तथा भाइचारा अभिवृद्धि गर्दै आपसी सम्बन्ध र सहयोग सुदृढ गर्ने प्रमुख उद्देश्यले सञ्चालन गरेको जनाएको छ।

यस संस्थाद्वारा हरेक वर्ष यस किसिमको कार्यक्रम गर्ने गरिएको छ। न्यूयोर्कको जमैका र आसपासमा दिन प्रतिदिन नेपालीहरूको स्थायी बसोवासमा वृद्धि भैरहेको छ। यसपालि पिकनिकमा विगतका वर्षभन्दा दोब्बर बढी नेपालीहरूको सहभागिता रहेको थियो।

पिकनिकमा बच्चाहरूको ट्यालेन्ट शो एवं बयस्कहरूको डोरी तान्ने लगायतका प्रतिस्पर्धाका साथै अन्य सरप्राइज गेमहरूको आयोजना गरिएको थियो। त्यहाँ गिनीज़ बुक ओल्ड रेकर्डर रोहित तिमल्सिनाले आफ्नो डान्स प्रदर्शन गरेका थिए। उनको नृत्यले सबैलाई मन्त्रमुग्ध बनाएको सहभागीहरू बताउँछन्। वृद्धवृद्धा तथा अन्य सहभागीहरू ती सबै कार्यक्रमहरूको मनोरञ्जन लिंदै दिनभर नाचगान र रमाइलोमा मस्त थिए।

पिकनिक स्थलमा यस वर्ष Elementary, Middle तथा High School ग्राजुएट भएका जमैका नेपाली समाजका बच्चाहरूलाई प्रशंशापत्रले पुरस्कृत पनि गरिएको थियो। उक्त पिकनिकमा बच्चाहरूद्वारा प्रस्तुत गरिएका विभिन्न ट्यालेन्ट शोहरूमा उत्कृष्ट हुनेहरूलाई पुरस्कार र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। सजन पौडेलले संयोजन गरेको किड्स ट्यालेन्ट शोमा आभा भण्डारी – नृत्य, निशान्त पण्डित – गीत, श्रीला पौडेल – जिम्नास्टिक, अनमोल आचार्य – कथा वाचन, शस्नीका गुप्ता, अरबी हुमागाईं , एलिशा पण्डित र दृष्टि घिमिरे – चित्रकलामा प्रथम द्वितीया , तृतीय र सान्त्वना पुरस्कार प्राप्त गरेका थिए। २०२४ स्कुल Graduation अवार्डबाट नेपाली अनमोल आचार्य, सान लम्साल, सम्भ्रान्त पैाडेल समिया कार्की, दृष्टि घिमिरे, श्रीनीति रिजाल र अस्टीन आचार्यलाई सम्मानस्वरूप पुरस्कृत गरिएको थियो।

जमैका नेपाली समाजका सचिव भीम न्यौपानेले पिकनिकको व्यवस्थापनमा समन्वय गरेका थिए भने उपाध्यक्ष पुस्कर खनाल र कार्यसमितिका पदाधिकारी र सदस्यहरूले अतिथि तथा सहभागीहरूमा खाना तथा पानी आदिको वितरणमा सहयोग गरेका थिए। जमैका नेपाली समाजका सदस्य एवं रियल स्टेट एजेण्ट राम कार्कीले पिकनिक ब्यवस्थापनमा सबैलाई हौसला प्रदान गरेका थिए।

भाषण रहित यो कार्यक्रममा अतिथि तथा अन्य वरिष्ठ व्यक्तिहरूले समेत पिकनिक व्यवस्थापनमा स्वतःस्फूर्त स्वयंसेवी भइ सहयोग गरिरहेका थिए। जमैका नेपाली समाजका सल्लाहाकारद्वय सूर्य लम्साल र कृष्ण लामिछाने तथा अन्य अतिथिले पिकनिक स्थलमा अन्तिम समयसम्म बसेर सबैको हौसला बढाएका थिए। उपस्थित अधिकांश व्यक्तिहरूले यो उत्साह र एकतालाई स्थायित्व दिनको लागि पनी अब जमैका नेपाली समाजले यस क्षेत्रमा नेपाली सामुदायिक सांस्कृतिक केन्द्रको स्थापना गर्न दीर्घकालीन लक्ष्य र योजनासहित अग्रसर हुन सुझाव र सल्लाह दिएका थिए।