९ बैशाख २०८२, मङ्लबार
22 April 2025, Tuesday

राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९ संक्रमण

राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९ संक्रमण

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेन कोभिड–१९ बाट संक्रमित भएका छन्। राष्ट्रपति पदको दौडबाट पछि हटेर अर्कालाई मौका दिन डेमोक्रयाटिक पार्टीबाटै दबाब बढ्दै गएका बेला बाइडेन कोभिडबाट संक्रमित भएका हुन्।

कोभिड संक्रमित भएपछि बाइडेनमाथिको यो दबाब अझै बढ्न सक्ने सम्भावना रहेको छ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन पियरेका अनुसार अमेरिकी राष्ट्रपतिलाई कोभिड भ्याक्सिन र बूस्टर लगाइएको छ। प्रेस सेक्रेटरीका अनुसार बाइडेनलाई यसअघि पनि दुई पटक कोभिड–१९ सङ्क्रमण भएको थियो।

बाइडेनले पनि ट्वीट गर्दै आफू कोभिड संक्रमित भएको जानकारी दिएका छन्। उनले आफू स्वस्थ नै भएको बताएका छन्।

बाइडेनले संक्रमण पुष्टि भएपछि चुनावी भाषणहरू रद्द गरेका छन्।