अन्नपूर्ण मिडिया नेटवर्कको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त
- ०३ साउन २०८१
- १ मिनेटको पढाई
काठमाडौं : मनोज बस्नेत अन्नपूर्ण मिडिया नेटवर्कको महाप्रबन्धक पदमा नियुक्त भएका छन् । बस्नेतलाई महाप्रबन्धक पदमा अन्नपूर्ण मिडिया नेटवर्कको व्यवस्थापनको निर्णयअनुरुप नियुक्त गरिएको हो ।
बस्नेत १७ वर्षअघिबाट मिडिया क्षेत्रमा प्रवेश गरेका बस्नेतसँग न्यूज रिपोटिङ,सेल्स, डिस्टीब्यूर्सन, मार्केटिङ, कर्पोरेट रणनीति, कार्यसम्पादन व्यवस्थापन, ब्रान्ड व्यवस्थापन लगायतका क्षेत्रमा दख्खल रहेको छ ।
उनले कान्तिपुर मिडिया ग्रुप तथा अन्नपूर्ण पोस्टमा रिपोटिङ, प्रेस, रिजनल, मार्केटिङ, सेल्स र कर्पोरेटमा विभागीय प्रमुख भइ काम गरेका छन्।
साउन २ गतेदेखि लागू हुनेगरी एएमएनको महाप्रबन्धकमा नियुक्त भएका बस्नेतलाई बुधबार आयोजित एक समारोहमा अन्नपूर्णका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, ग्रुप सीईओ सनत न्यौपाने र प्रधान सम्पादक अखण्ड भण्डारीले स्वागत गरेका थिए।
बस्नेत युथ युनेस्को क्लब यूएसए, पाइपा ग्लोबल फिलिपिन्सको इन्टरनेसन मिडिया को-अर्डिनेटर तथा अमेरिकन मार्केटिङ एसोसियसनको प्रोफेसनल सदस्य पनि हुन् । उनी इन्टरनेसनल न्यूज मिडिया एसोसिएसन (आईएनएमए) मा पनि आवद्ध छन् ।
उनीसँग हिमालय इसेन्स प्रालिमा सेल्स कन्सल्टेन्ट भएर काम गरेको अनुभव छ। साथै आफ्नो कार्यअवधिमा बस्नेतले भारत र अमेरिकाका केही ठूला मिडिया हाउसको स्थलगत अवलोकन गरेको आफ्नो क्षमतालाई थप तिखारेका छन्।
कार्य कौशलताकै आधारमा उनले हालसम्म युनेस्को युथ पिस एम्बेसडर र कोरोना योद्धा सेवा अवार्ड प्राप्त गरिसकेका छन्।
राष्ट्रिय स्तरका राष्ट्रिय खानेपानी पत्रकारिता पुरस्कार, कान्तिपुर मिडिया ग्रुपबाट चियरम्यान एक्सिलेन्स अवार्ड, अन्नपूर्णबाट बेस्ट इम्प्लोइ अफ द एयरबाट पनि उनी सम्मानित भएका छन्।