२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

बाइडेनलाई उनकै दलकी नेत्री पेलोसीले भनिन्- तपाई चुनाव हार्नुहुन्छ

बाइडेनलाई उनकै दलकी नेत्री पेलोसीले भनिन्- तपाई चुनाव हार्नुहुन्छ

वासिङटन –अमेरिकी राष्ट्रपति जो बाइडेनलाई उनकै दलकी नेत्री तथा पूर्वसभामुख न्यान्सी पेलोसीले चुनाव जित्न नसक्ने बताएकी छिन्।

पेलोसीले बाइडेनलाई चुनावी प्रक्षेपण हरुमा कमजोर देखिएको भन्दै निजी रुपमा यस्तो भनेको सीएनएनले उल्लेख गरेको छ ।गत जुन २७ मा ट्रम्पसग भएको डिबेटमा बाइडेनको कमजोर प्रदर्शन भएको थियो । डिबेटपछि ट्रम्पको लोकप्रियता बढेको पाइएको थियो ।

डिबेटपछि जो बाइडेनलाई चुनावबाट बाहिरिन न्यू योर्क टाइम्स, डेमोक्रेटिक पार्टीका नेता तथा चन्दादाताले सार्वजनिक तथा निजी दुवै रुपमा बाइडेनलाई र उनको अभियानलाई आग्रह गरेका थिए ।