२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

नेपालले दियो पाकिस्तानलाई १०९ रनको लक्ष्य

नेपालले दियो पाकिस्तानलाई १०९ रनको लक्ष्य

एसीसी महिला एसिया कपमा नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ।

श्रीलंकाको दाम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १०८ रन बनाएको हो।

नेपालका लागि कविता जोशी ३१ रनमा अविजित रहिन्। सीता राना मगरले २६, पुजा महतोले २५ र कविता कुँवरले १३ रन जोडे।

रुबिना क्षेत्री ८, सम्झाना खड्का ४ रनमा आउट हुँदा कप्तान इन्दु बर्मा भने शून्यमा आउट भइन।

पाकिस्तानका लागि सादिया इक्बालले २ तथा फातिमा सानाले १ विकेट लिए।