२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

आफूले दौड त्यागेपछि बाइडेनले भने- कमलालाई उम्मेदवार बनाऔँ

आफूले दौड त्यागेपछि बाइडेनले भने- कमलालाई उम्मेदवार बनाऔँ

अमेरिकाकी राष्ट्रपतिको उम्मदेवारका रुपमा डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिसलाई अघि सार्न हालका राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेका छन्। उनले आफू आगामी चुनावमा पुनः उम्मेदवार नबन्ने घोषणा गर्दै ह्यारिसलाई समर्थन गर्ने बताएका छन्।

रिपब्लिकनतर्फबाट डोनाल्ड ट्रम्प पुनः उम्मेदवार हुने भएकाले उनलाई हराउन कमलालाई अघि सार्नुपर्ने र उनी त्यसका लागि सक्षम रहेको पनि बाइडेनले बताएका छन्।

कमलालाई जिताएर अमेरिकामा इतिहास रच्नुपर्ने बाइडेनको भनाइ छ।

बाइडेनले सामाजिक सञ्जालमा लेखेका छन्-

‘मेरा डेमोक्रेट मित्रहरू, मैले आफ्नो मनोनयन स्वीकार नगर्ने र राष्ट्रपतिको रूपमा मेरो बाँकी कार्यकालको पूरा गर्न मेरो सबै शक्ति केन्द्रित गर्ने निर्णय गरेको छु। २०२० मा पार्टीको उम्मेदवारको रूपमा मेरो पहिलो निर्णय कमला ह्यारिसलाई मेरो उपराष्ट्रपति बनाउने थियो। र यो मैले गरेको सबैभन्दा राम्रो निर्णय हो। आज म कमलालाई यस वर्ष हाम्रो पार्टीको उम्मेदवारका रुपमा समर्थन गर्न चाहन्छु। डेमोक्र्याटहरू, यो एकजुट भएर ट्रम्पलाई हराउने समय हो। अब यो काम गरौँ।’ 

सम्बन्धित खबर