९ बैशाख २०८२, मङ्लबार
22 April 2025, Tuesday

राष्ट्रपति जो बाइडेन गरे आगामी चुनावको दौड त्यागेको घोषणा

राष्ट्रपति जो बाइडेन गरे आगामी चुनावको दौड त्यागेको घोषणा

वासिङटन-अमेरिकी राष्ट्रपति जो बाइडेनले पुनः उम्मेदवारी नदिने भएका छन्।

उनले एक वक्तव्य जारी गरी आगामी चुनावको दौड त्यागेको घोषणा गरेका हुन्।

आफ्नो यो कार्यकाल ऐतिहासिक भएको र कमला ह्यारिसजस्तो विलक्षण साझेदार पाएकोमा खुसी व्यक्त पनि गरेका छन्।

उनले “यो मेरो पार्टी र देशको हितमा छ” भन्दै पुन: चुनावका लागि आफ्नो उम्मेदवारी अन्त्य गर्ने घोषणा गरेका हुन्।

 चुनावको चार महिनाअघि उनले यो निर्णय लिएका हुन्।

गत जुनको अन्त्यमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँगको कमजोर बहसका कारण उनी आलोचनाको तारो बनेका थिए। डेमोक्र्याटहरूबाटै उनको कडा आलोचना भइरहेको थियो।

उनले राष्ट्रपतिको रुपमा काम गर्न पाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मान भएको बताएका छन्।