२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्यूयोर्कमा नेपथ्यको कन्सर्ट हुँदै

न्यूयोर्कमा नेपथ्यको कन्सर्ट हुँदै

न्यूयोर्क : न्यूयोर्कमा नेपालको प्रतिष्ठित ब्यान्ड नेपथ्यको कन्सर्ट हुने भएको छ। आगामी अगस्ट ३० मा न्यूयोर्कको टर्मिनल ५ मा उक्त सांगीतिक कार्यक्रम हुने भएको हो।

उक्त संगीत र सांस्कृतिक कार्यक्रमलाई अविस्मरणीय बनाउन सबैजनालाई उपस्थित भइदिन आयोजक समूहले आग्रह गरेको छ।

‘निकै नै चर्चित ब्यान्ड नेपथ्यले न्यूयोर्क सहरमा आफ्नो विद्युतीय प्रस्तुति ल्याउने भएको छ। सबै नेपालीहरुलाई कार्यक्रममा सहभागी भएर नेपाली संस्कृति मनाउन, संगीतको आनन्द लिन र जीवनभरका लागि मिठो सम्झना बनाउन अनुरोध गर्दछौं’, आयोजक समुहले भनेको छ।

न्यूयोर्कमा हुने कार्यक्रम टर्मिनल ५ मा अगस्त ३०, २०२४ को दिन ८ बजेबाट हुने जनाइएको छ। कार्यक्रमको टिकट भने अहिलेबाट नै बुकिङ गर्न सकिने आयोजकले जनाएका छन्।