८ बैशाख २०८२, सोमवार
21 April 2025, Monday

प्रधानमन्त्री ओलीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्री ओलीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छन्। उनले दुर्घटनाको यस दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गरेका छन्।

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर विमान दुर्घटनाको कारण बुझ्न आफू घटनास्थलमा पुगेको जानकारी दिएका छन्। आज बिहान ११:११ बजे काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो।