१० मंसिर २०८१, सोमवार
25 November 2024, Monday

कराते उस्ताद पर्खी खालिङ राईको जीवनी अमेरिकामा सार्वजनिक

कराते उस्ताद पर्खी खालिङ राईको जीवनी अमेरिकामा सार्वजनिक

न्यूयोर्क : कराते खेलका माध्यमबाट आफ्नो परिचय बनाएका पर्खी खालिङ राईको जीवनी अमेरिकामा सार्वजनिक भएको छ। उनको जीवनी पुस्तक “कराते कहर,सफलता बहार” अमेरिकामा सार्वजनिक भएको हो।

पुस्तक सार्वजनिक कार्यक्रम यही शनिबार न्युयोर्क क्विन्सको ज्याक्सन हाइटस्थित घ्यालसुम्दो सेवा समाजको भवनमा भएको थियो।

उनको जीवनीलाई पुस्तकाकार दिन लेखन कार्य मानवीर खालिङले गरेका हुन। साथै किताबको सम्पादन डा. लाल श्यॅाकारेलु रापचाले सम्पादन गरेका हुन्।

करातेका चौथो डिग्री ब्ल्याक बेल्ट होल्डर तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राईको जीवनी पुस्तक सार्वजनिक कार्यक्रम युनाटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका(युक्रा) न्युयोर्क च्याप्टरको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रमको सभापति किरात राई अर्गनाइजेसन अफ अमेरिका(युक्रा) न्युयोर्क च्याप्टरकी अध्यक्ष मामता खालिङ राई, प्रमुख अतिथि किरात खालिङ राई उत्थान समिति अमेरिका शाखाका अध्यक्ष मकर खालिङ राई रहेका थिए।

कार्यक्रममा धेरै चर्चित व्यक्तिहरू विशेष अतिथिको रूपमा आएका थिए। विशेष अतिथिमा न्युयोर्क मेयर कार्यालयका प्रतिनिधि सुक्रानी धान्पत, नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना)का-अध्यक्ष तोरण गुरूङ, युक्रा केन्द्रीय उपाध्यक्ष केसवराम राई, युक्रा केन्द्रीय भूतपूर्व अध्यक्ष भूतपूर्वपुर्व महासचिव युक्रा न्युयोर्क च्याप्टर संस्थापक-अध्यक्ष तथा हालका सल्लाहकार प्रभाकर साम्पाङ राई उपस्थित भएका थिए।

त्यस्तै अन्य विशेष अतिथिहरु जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, नेपाली समाज अमेरीकाका अध्यक्ष लोक चेम्जोङ, नेपाली कलाकार संघ नर्थ अमेरीकाकी अध्यक्ष तथा युक्रा न्युयोर्क च्याप्टर बरिष्ठ उपाध्यक्ष वसन्ती राई, लोकप्रिय नृत्य निर्देशक तथा युक्रा न्युयोर्क च्याप्टर सल्लाहकार गोविन्द राई, (AD37A) District Leader छेमाङ दोर्जे लामा, (AD30B) District Leader बिष्णु राणा मगर, New York Assembly District-30 District Direct फुर्साङ डोल्मा, गीतकार पद्मा लिँखा, बृहत्तर सूदुरपश्चिम नेपाली समाज अमेरिका इंक-अध्यक्ष टिबी भण्डारी, शेर्पा किदूगका अध्यक्ष टेम्बा शेर्पा, नेपाल आदिवासि जनजाती महासंघ अमेरिकाका सल्लाहकार कुलदिप राना मगर, हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर-अध्यक्ष बिरेन्द्र जंग केसी र हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर-अध्यक्ष सोभाकान्त पाण्डे रहेका थिए।

यीबाहेक अन्य धेरै परिचितहरु अतिथिका रुपमा कार्यक्रममा उपस्थित भएका थिए। नेपाल आदिवासि महासंघ अमेरीकाका महासचिव तथा थारू एन्ड फ्रेण्डस् एशोसिएसनका बरिष्ठ उपाध्यक्ष दिपक चौधरी, नेपाल आदिवासि महासंघ अमेरीकाकी दाजिमा शेर्पा, बरिष्ठ पत्रकार बिके नेवा, हेल्लो अमेरिकाका सम्पादक तथा भिडियो ग्राफर सम्राट कार्की, हामी नेपाली ग्लोबल अमेरिका च्याप्टरका युथ कोअर्डिनेटर लकेश श्रेष्ठ, पार्करमा १८औं पटक गिनिज वर्ल्ड रेकर्ड बुकमा नाम लेखाउन सफल दिनेश सुनार, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) करातेमा स्वर्ण पदक विजेता अनु अधिकारी थिए।

जिवनी पुस्तकमा राईको बाल्यकालदेखि उनले गरेका संघर्ष र उनी यहाँ आइपुग्दासम्म भोगेका सम्पूर्ण कुराहरु उल्लेख गरिएको वक्ताहरुले कार्यक्रममा बताएका छन्।

कार्यक्रममा उपस्थित सबैजनाले पर्खी खालिङ राईको संघर्षको तारिफ गर्दै उनलाई पुस्तकको सफलताको शुभकामना पनि दिएका थिए।

सम्बन्धित खबर