२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक कार्यवाहक प्रमुखमा नियुक्त

अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक कार्यवाहक प्रमुखमा नियुक्त

वासिङटन- बढ्दो दबाबका बीच निर्देशक किम्बर्ली चिटलको राजीनामापछि अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक रोनाल्ड एल रोवे जुनियरलाई मङ्गलबार एजेन्सीको कार्यवाहक प्रमुखमा नियुक्त गरिएको छ ।

“मैले अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक रोनाल्ड एल रोवे जुनियरलाई एजेन्सीको कार्यवाहक निर्देशकमा नियुक्त गरेको छु”, गृहमन्त्री अलेजान्ड्रो मेयोर्कासले विज्ञप्तिमा भने। सिक्रेट सर्भिसमा २४ वर्षदेखि काम गर्नुभएका रोवे सन् २०२३ अप्रिलदेखि एजेन्सीको उपनिर्देशक हुन।

“म यो अविश्वसनीय चुनौतीपूर्ण क्षणमा सिक्रेट सर्भिसको नेतृत्व गर्ने उहाँको इच्छाको कदर गर्दछु । उहाँले जुलाई १३ मा भएको घटनाको अनुसन्धान गर्न सहयोग गर्नुहुनेछ”, मेयोर्कासले भने।

रोवेको नियुक्ति चिटलको राजीनामाको केही घन्टापछि आएको हो । चिटलले पूर्वराष्ट्रपति एवं नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार गरेकि थिइन ।

जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्यालीमा २० वर्षीय बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको सामना गर्नुपरिरहेको थियो । उहाँले मङ्गलबार पदबाट राजीनामा दिएकी थिइन ।

सम्बन्धित खबर