११ मंसिर २०८१, मङ्लबार
26 November 2024, Tuesday

बेलायत र अमेरिकाले लगाए उत्तर कोरियामाथि परमाणु रहस्य चोरेको आरोप

बेलायत र अमेरिकाले लगाए उत्तर कोरियामाथि परमाणु रहस्य चोरेको आरोप

बेलायत, अमेरिका तथा दक्षिण कोरियाले उत्तर कोरियाले परमाणु रहस्य चोर्न विश्वभरका कम्पनीहरुका डाटा ह्याक गरिरहेको आरोप लगाएका छन्।

उत्तर कोरियाली ह्याकर्सहरुले सरकारी तथा निजी कम्पनीका डाटाहरु चोर्ने प्रयास गरिरहेको यी देशको आरोप छ। एन्डारियल र ओनिक्स स्लीटका नाममा उत्तर कोरियाली ह्याकर समूह सक्रिय रहेको यी देशहरुको आरोप छ।

यस्तो समूह बेलायत, अमेरिका, दक्षिण कोरिया, जापान तथा भारत लगायतका देशका संवेदनशील डाटामा पहुँच पु¥याउन सक्रिय रहेको बताइएको छ। गुगल तथा इन्टरनेट ब्राउजिङबाट समेत यस्तो खालको आक्रमण भइरहेको अधिकारीहरुले जनाएका छन्।

गुगल क्लाउडको म्यान्डियन्टका प्रमुख विश्लेषक माइकल बर्नहाटले यस्ता समूहले इन्टरनेटमार्फत् डाटाहरु चोरी गरी प्रयोगकर्ताको गोपनीयतासमेत भंग गरिदिने अवस्था रहेको बताए।

योसँगै वेब प्रणालीमार्फत् संकलन हुने राजश्व तथा अन्य करमा समेत पहुँच पुर्‍याएर ह्याकरहरुले त्यस्तो रकम चोर्ने जोखिम रहेको समाचारहरुमा जनाइएको छ।