न्यूयोर्कमा गुणस्तरीय होम हेल्थ केयर प्रदान गर्दै ‘गोल्डेन एज होम केयर’
१३ साउन २०८१
१ मिनेटको पढाई
न्यूयोर्क : न्यूयोर्कसहरभित्र ‘गोल्डेन एज होम केयर’ संस्थाले गुणस्तरीय होम हेल्थ केयर प्रदान गर्दै आएको छ।
यस संस्थाले विभिन्न खालका स्वास्थ्य तथा तालिमसँग सम्बन्धित सेवाहरू प्रदान गर्ने बताइएको छ।
यसले प्रदान गर्ने सर्भिसहरूमा CDPAP, HHA/PCA, Skilled Nursingका साथै Best Home Health Care Training रहेका छन्। CDPAP भन्नाले उपभोक्ता निर्देशित व्यक्तिगत सहायता कार्यक्रम हो।
त्यससेवामा उपभोक्ताले बिरामीको हेरचाहकर्ता छनौट गर्न मिल्छ। उपभोक्ताले छनौट गरेका केयरगिभरले बिरामीको हेरचाह लगायत दैनिक गतिविधिहरूमा सहयोग गर्छन्।
CDPAP ले घर हेरचाह, व्यक्तिगत हेरचाह, वा दक्ष नर्सिङ सेवाहरू चाहिने व्यक्तिलाई सेवा दिन्छ। यस सेवाअन्तरगत घर सफा गर्ने, पेडियाट्रिक र जेरियाट्रिक सेवा, व्यक्तिगत सरसफाइ, खुवाउने र लुगा लगाउने, आधारभूत चिकित्सकीय सेवा आदि पाइन्छ। गोल्डेन एज होम केयरले उपभोक्ताको सेवालाई विशेष महत्त्व दिन्छ। ५ वर्ष अनुभव समेटेको यो संस्थाले दक्ष स्वास्थ्यकर्मीहरुबाट हप्ताको सातै दिन सेवा दिने जनाइएको छ।
यो संस्थामा पार्किन्सन, डाउन सिन्ड्रोम, र हृदय रोग आदि सबै अवस्थाहरूका मानिसको हेरचाह गर्न दक्ष जनशक्ति छन्। गोल्डेन एज होम केयरमा अस्थायी वा स्थायी रुपमा घरमा हेरचाह गर्न स्वास्थ्यकर्मी पाउन सकिन्छ।
यो संस्थाले Skilled Nursing सेवा पनि प्रदान गर्छ। जसमा २४ घण्टा दक्ष नर्सहरुले बिरामीको हेरचाह गर्छन्। यो संस्थाले दक्ष जनशक्ति उत्पाद गर्न Home Health Care Training पनि दिने गरेको छ।
यसले न्यूयोर्कमा सबैभन्दा भरपर्दो गृह स्वास्थ्य प्रशिक्षण प्रदान गर्छ। प्रशिक्षार्थीलाई जम्मा १२० घन्टाको तालिम प्रदान गरिन्छ।