त्रिवेणी टाइम्स (Triveni Times)

५ असार २०८२, बिहिबार
19 June 2025, Thursday

Image
trivenitimes
  • अमेरिका
  • नेपाल
  • अन्तर्राष्ट्रिय
  • इमिग्रेशन
  • प्रवास
  • मनोरञ्जन
  • विज्ञान र प्रविधि
  • खेलकुद
  • विचार
  • अन्य
    • फिचर
    • अन्तर्वार्ता
    • राजनीति
    • समाज
Logo
  1. होम
  2. अन्तर्राष्ट्रिय
  3. अष्ट्रेलियाली अध्यागमन र राष्ट्रिय सुरक्षामामिलामा विवादित मन्त्रीको जिम्मेवारी हेरफेर

अष्ट्रेलियाली अध्यागमन र राष्ट्रिय सुरक्षामामिलामा विवादित मन्त्रीको जिम्मेवारी हेरफेर

  • १३ साउन २०८१
  • २ मिनेटको पढाई
अष्ट्रेलियाली अध्यागमन र राष्ट्रिय सुरक्षामामिलामा विवादित मन्त्रीको जिम्मेवारी हेरफेर
सिड्नी- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आइतबार अध्यागमन र राष्ट्रिय सुरक्षाका लागि जिम्मेवार दुई मन्त्रीलाई हटाएका छन ।
अस्ट्रेलियाको गृह मन्त्रालयले आक्रमण, अपहरण र हत्याको अभियोगमा दोषी ठहरिएका १०० भन्दा बढी अध्यागमन बन्दीलाई अदालतको आदेशपछि रिहा गर्न बाध्य भएको र यसका लागि विवादमा मुछिएका मन्त्रीलाई हटाउने दबाबमा परेको हो ।
अल्बानीजले गृहमन्त्री क्लेयर ओ निल र अध्यागमनमन्त्री एन्ड्रयु जाइल्सलाई हटाएर उनीहरूलाई नयाँ जिम्मेवारीमा स्थानान्तरण गर्न लागेका हुन ।
प्रधानमन्त्री अल्वानिजले दुवै मन्त्रालयको जिम्मेवारीमा अनुभवी सरकारी समस्या समाधानकर्ता टोनी बर्कलाई अघि सारेका छन।
रिहा गरिएका केही बन्दीहरूलाई थप अपराधको आरोप लागेपछि लेबर पार्टीको सरकार बदनाम भएको थियो ।
पुरानो नीतिअनुसार अस्ट्रेलियाले भिसा दिन अस्वीकार गरेका आप्रवासीहरूलाई कानुनी रूपमा अन्यत्र निर्वासित गर्न नसकेमा उनीहरूलाई अनिश्चितकालका लागि थुनामा राख्न सकिन्थ्यो ।
कतै नजाने र रिहाइको कुनै आशा नभएकाले धेरै जना वर्षौंदेखि अस्ट्रेलियाली कारागार थुनिएका थिए । तर नोभेम्बरमा उच्च अदालतको एक फैसलाले यो ‘गैरकानुनी’ भएको ठहर गर्दै २० वर्ष पुरानो द्विदलीय नीतिलाई उल्ट्याएको थियो र करिब १५० जनालाई रिहा गर्न बाध्य बनाएको थियो ।
रिहा भएकामध्ये ७० जनाभन्दा बढीलाई आक्रमण र अन्य हिंसात्मक अपराधमा दोषी ठहर भएपछि भिसा दिन अस्वीकार गरिएको थियो भने सात जनालाई हत्या वा हत्याप्रयासको अभियोगमा दोषी ठहर गरिएको थियो ।
अस्ट्रेलियाले सन् १९९२ देखि बिना भिसाका नागरिकलाई अनिवार्य हिरासतमा राख्न सुरु गरेको थियो । ह्युमन राइट्स वाचको तथ्याङ्कअनुसार अस्ट्रेलियामा अध्यागमनसम्बन्धी विवादमा थुनामा परेका कैँदीलाई औसत ७०८ दिन हिरासतमा राखिएको छ र १२० भन्दा बढी व्यक्ति पाँच वर्षदेखि हिरासतमा छन् ।
भियतनाम, कम्बोडिया र चीनबाट डुङ्गाबाट ठूलो सङ्ख्यामा मानिसहरू आउने क्रम बढेपछि यसकोे प्रतिक्रियास्वरूप अस्ट्रेलियाले नयाँ कठोर सीमा नीति बनाएको थियो ।
तर संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकायले यो नीतिलाई ‘स्वेच्छाचारी’ र ‘दण्डात्मक’ भनेको छ भने शरणार्थी पक्षधर अधिकार समूहले यसको आलोचना गरेका थिए ।
ताजा खबर
भारतद्वारा मस्कको स्टारलिङ्कलाई लाइसेन्स प्रदान

भारतद्वारा मस्कको स्टारलिङ्कलाई लाइसेन्स प्रदान

  • ०४ असार २०८२

इजरायलद्वारा इरान द्वन्द्वबाट विदेशमा फसेका नागरिकहरूलाई घर फर्काउन सुरु

  • ०४ असार २०८२

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि बालीका दर्जनौँ उडान रद्द

  • ०४ असार २०८२

संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा गाजामा खाना खोजिरहेका प्यालेस्टिनीहरूमाथि गोली हानेको घटनाको निन्दा

  • ०४ असार २०८२

ट्रेन्डिङ

१.

सुबिधा खोज्दै शहर पस्नाले रित्तिँदै गाउँ

  • २४ जेष्ठ २०८१

२.

जनैपूर्णिमा: गाउँघरमा लोपोन्मुख हुँदैछ जनै बनाउने सीप

  • ०३ भदौ २०८१

३.

ट्रम्पले महान्यायाधिवक्ता छानेका म्याट गेट्जले लिए नाम फिर्ता

  • ०७ मंसिर २०८१

४.

रिग तालको चर्चासँगै पर्यटन प्रवर्द्धनमा जोड

  • १८ जेष्ठ २०८१

५.

कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र

  • १६ जेष्ठ २०८१

सम्बन्धित खबर

Image

भारतद्वारा मस्कको स्टारलिङ्कलाई लाइसेन्स प्रदान

  • ०४ असार २०८२
  • १ मिनेटको पढाई
Image

इजरायलद्वारा इरान द्वन्द्वबाट विदेशमा फसेका नागरिकहरूलाई घर फर्काउन सुरु

  • ०४ असार २०८२
  • १ मिनेटको पढाई
Image

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि बालीका दर्जनौँ उडान रद्द

  • ०४ असार २०८२
  • १ मिनेटको पढाई
Image

संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा गाजामा खाना खोजिरहेका प्यालेस्टिनीहरूमाथि गोली हानेको घटनाको निन्दा

  • ०४ असार २०८२
  • १ मिनेटको पढाई
त्रिवेणी टाइम्स (Triveni Times)
त्रिवेणी टाइम्स (Triveni Times)
हाम्रोबारे

त्रिवेणी टाइम्स

    • सम्पर्क
    • हाम्रोबारे
    • Team

द्रुत लिङ्कहरू

    • अन्तर्राष्ट्रिय
    • अन्तर्वार्ता
    • नेपाल
    • राजनीति
    • विचार
    • समाज
    • ताजा-खबर

सम्पर्क

  • [email protected]
  • Queens NY USA

© 2025 त्रिवेणी टाइम्स (Triveni Times) । सबै अधिकार सुरक्षित। Developed By: Webtech Nepal