२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

टेक्ससमा गोली हानेर नेपाली युवकको हत्या

टेक्ससमा गोली हानेर नेपाली युवकको हत्या

अमेरिकाको टेक्ससमा लुटेराहरूको समूहले नेपाली युवकको हत्या गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटीनजिक हाइवे–३५ स्थित ग्यास स्टेसनमा काम गर्ने ३० वर्षीय दीपक ओलीको हत्या गरिएको हो।

नेपाल ठेगाना रुकुम बाफीकोट भएका ओलीलाई तीन जना लुटेराको समूहले त्यहाँको समयअनुसार बिहान ५ बजे गोली हानेर मारेको हो। घटनाबारे पीडित परिवारलाई जानकारी गराइएको र विस्तृत अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन्। फाईल फोटो