१० मंसिर २०८१, सोमवार
25 November 2024, Monday

कमलाको उमेदवारीमा धेरै डेमोर्क्रयाट्स उत्साहित, १४ प्रतिशत अर्कैको पक्षमा

कमलाको उमेदवारीमा धेरै डेमोर्क्रयाट्स उत्साहित, १४ प्रतिशत अर्कैको पक्षमा

वासिङटन । अमेरिकामा राष्ट्रपति जो बाइडेनले उमेदवारी त्यागेर कमला ह्यारिसलाई समर्थन गरेपछि डेमोर्क्र्याटिक पार्टीमा निकै उत्साह बढेको एक ‘पोल’ले देखाएको छ ।

एबीसी न्युज र इप्सोसको उक्त पोलमा ८६ प्रतिशत डेमोर्क्र्याट्स र ५२ प्रतिशत अमेरिकीले उक्त पार्टीबाट ह्यारिस राष्ट्रपतिको उमेदवार बन्नुपर्ने जनाएका छन् । उक्त पार्टीका १४ प्रतिशतले भने राष्ट्रपति पदका निम्ति अरू नै उमेदवार चयन गरिनुपर्ने जनाएका छन् ।

ह्यारिसको उमेदवारीलाई लिएर ६३ प्रतिशत डेमोर्क्र्याट्स ‘ज्यादै उत्साहित’ छन् । २५ प्रतिशत डेमोर्क्र्याट्स केही हदसम्म उत्साहित भएको जनाइएको छ ।

यसको तुलनामा ८२ प्रतिशत रिपब्लिकनले डोनाल्ड ट्रम्प राष्ट्रपतिको उमेदवार बनेकामा आफूहरू उत्साहित भएको जनाएका छन् ।