भारतको केरलामा पहिरो : कम्तीमा सय जनाको ज्यान गयो, राज्यभर दुई दिने शोकको घोषणा
- १५ साउन २०८१
- १ मिनेटको पढाई
भारतको केरला राज्यको वायनाडमा ठूलो वर्षापछि पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा सय जना पुगेको छ । पहिरोमा परी सय जनाभन्दा धेरै घाइते भएका र उनीहरूलाई अस्पताल पुर्याइएको बीबीसी हिन्दीले जनाएको छ ।
केरलाको वायनाड जिल्लाको विभिन्न ठाउँमा आज बिहानै पहिरो गएको थियो । प्रभावित ठाउँमा खोजी तथा उद्धार अभियान चलिरहेको र अहिलेसम्म दुई सय ५० जनाभन्दा धेरैको उद्धार भएको छ । तर ठूलो वर्षा भइरहेको र एउटा महत्त्वपूणर् भत्किँदा उद्धारको काम प्रभावित भएको खबरमा उल्लेख छ ।
यो घटनालाई लिएर वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ । १४ मध्ये १० वटा जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् ।
यसैबीच केरला सरकारले वायनाड घटनालाई लिएर दुई दिने शोकको घोषणा गरेको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले आज र भोलि दुई दिनका लागि राज्यव्यापी शोकको घोषणा गर्नुभएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले लेखेको छ ।
यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५० हजार भारतीय रुपैयाँ राहत घोषणा गरेका छन।