२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

काठमाडौँ उपत्यकामा ठूलो बाढी, सुरक्षित रहन आग्रह

काठमाडौँ उपत्यकामा ठूलो बाढी,  सुरक्षित रहन आग्रह

रातभर वर्षा भएका कारण काठमाडौँ उपत्यकाका खोला/नदीमा ठूलो बाढी आएकाले डुबान हुने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान अलर्ट जारी गर्दै उपत्यकाका बागमती, हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलामा जलसतह सतर्कता–खतरा नजिक रहेकाले होसियारी अपनाउन भनेको हो।

महाशाखाले भनेको छ, ‘किनारको सडक र बस्तीमा बाढी आउन सक्ने, किनारबाट यात्रा नगरौँ। डुबान हुने स्थानमा रहनेहरू १० बजेसम्म सुरक्षित रहौँ।’