२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

बल्खुमा एक पुरुषको शव फेला

बल्खुमा एक पुरुषको शव फेला

काठमाडौं : काठमाडौं महानगरपालिका–१४ स्थित बल्खुमा एक जना पुरुषको शव भेटिएको छ। गएराति आएको बाढीमा परेर मृत्यु भएको हुनसक्ने स्थानीयले बताएका छन्। तरकारी बजार नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार बल्खुमा भारी बोक्ने भरियाको काम गर्ने व्यक्तिको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनको परिवार भर्खरै घटनास्थलमा आइपुगेका छन्।

बल्खु घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ।

बल्खुको तरकारी बजार डुबानमा परेको छ। बाढीमा फसेर गाडीको छतमा चढेर बसेका ४/५ जनालाई प्रहरीले उद्धार गर्दैछ।