८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

पोखरामा यतिको विमान दुर्घटना: पाइलट र कोपाइलटबीच ककपिटमा भएको कुराकानी (भिडियो)

पोखरामा यतिको विमान दुर्घटना: पाइलट र कोपाइलटबीच ककपिटमा भएको कुराकानी (भिडियो)

यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाज दुर्घटनामा परि ७२ जनाको निधन भएको थियो।

काठमाडौंबाट १० बजेर ३२ मिनेटमा उडेको विमान १०:५० मिनेटमा अन्तिम पटक टावरसँग सम्पर्कमा आएपछि दुर्घटनामा परेको थियो ।

उक्त एटीआर जहाज पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाले उडाएका थिए ।

जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट थिए भने उनले २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए ।

सार्वजनिक भएको ककपिट भ्वाइस रेकडर्स सीभीआरएको अडियो अनुसार कोपाइलट खतिवडालाई पाइलट केसीले विमान अवतरणअघि प्रशिक्षण दिइरहेको सुन्न सकिन्छ । ग्राउण्ड जिरो युट्युब च्यानलले सार्वजनिक गरेको ककपिट भ्याइस रेकर्डमा पाइलट र को पाइलटबीच दुर्घटनाअघिको कुराकानी सुन्न सकिन्छ ।