हामी नेपाली ग्लोबल अमेरिकाले मनायो नेपाल फेस्टिबल
- १७ साउन २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क : हामी नेपाली ग्लोबल अमेरिकाले नेपाल फेस्टिबल मनाएको छ। हरेक वर्ष मनाउने नेपाल फेस्टिबल यो वर्ष न्यूयोर्क राज्यको बफेलो काउन्टीस्थित नायग्राफल्समा मनाइएको हो।
यो फेस्टिभलमा नेपालमा प्रचुर मात्रामा सम्भावना भएको पर्यटन प्रवर्धन गर्ने , अन्तर व्यवसायिक सम्भावनाका कार्य अगाडि बढाउने साथै विविध भाषा भाषी, कला र सस्कृतिको उद्गम भूमि नेपालको चिनारी विश्वमाझ गराउने कार्यक्रमको उद्देश्य रहेको हामी नेपाली ग्लोबल अमेरिकाका महासचिव सूर्य सिम्खडाले बताए।
कार्यक्रममा विशेष अथितिका रुपमा नेपालबाट माननीय ज्ञानेन्द्र शाही, न्यूयोर्क बफेलोका मेयर रोबर्ट रेस्टैनो ( Robert Restaino) , बफेलोका अमेरिकन समाजसेवि केभिन योङ्ग(Kevin Young) आएका थिए।
कार्यक्रममा नेपाललगायत विभिन्न स्थानबाट विभिन्न परिचित व्यक्तित्त्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सफल बनाउ सहयोग गर्ने र आयोजकको निमन्त्रणा स्वीकार गरी आएका सम्पूर्णलाई धन्यबाद दिएका छन्।
‘कार्यक्रमका सम्पूर्ण सहयोगी विज्ञापनदाता, कार्यक्रम स्थल स्पोन्सर टेस्ट अफ नेपाल का लिला भट्टराई तथा टेक भट्टराई , मिस टी डगका सुरेन्द्र बासतोला तथा एभरेष्ट नेपालका लोक नाथ अधिकरी, नायग्रा तन्दुरी हटका रघु भट्टराई , उपस्थित सम्पूर्ण कलाकार मित्रहरु , मिडिया, हामी नेपाली अन्तरराष्ट्रिय परिवार, हामी नेपाली ग्लोबल न्युयोर्क सबच्याप्टर परिवारलाई धन्यबाद’, कार्यक्रममा आएका विभिन्न मानिसहरुलाई धन्यबाद दिंदै आयोजकले भने, ‘साथै हामी नेपाली क्यालिफोर्निया सबच्याप्टर परिवार , हामी नेपाली ग्लोबल कनेक्टिकट सबच्याप्टर परिवार साथै सम्पूर्ण संघ सस्थाका प्रतिनिधि साथै सम्पूर्ण हाम्रा कार्यसमिति सदस्य , विभिन्न कार्यदल संयोजकज्युहरु र हामी नेपाली ग्लोबलको कार्यक्रम मा सहभागि / उपस्थित सम्पूर्ण नेपाली बुवा आमा, दाजु, भाइ तथा दिदीबहिनीप्रति हार्दिक आभार प्रकट गर्दछौं ।’