कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक उम्मेदवार चयन
- १९ साउन २०८१
- १ मिनेटको पढाई
वासिङटन- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीका तर्फबाट औपचारिक रुपमा राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।
शुक्रबार दिउँसो २ हजार ३५० डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त गरेपछि ह्यारिस औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बनेकी हुन् ।
ह्यारिसले यसै महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित महसुस भएको बताइन् । प्रमुख अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा छनोट हुने ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् ।
नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।