डिएलए नेपालद्वारा विपन्न कैदीबन्दीकालागि कानुनी परामर्श सेवा शुरु
- २१ साउन २०८१
- १ मिनेटको पढाई
काठमाडौँ : नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए– नेपाल) ले देशभरका कारगारमा रहेका विपन्न कैदीबन्दीका लागि निःशुल्क कानुनी सेवा शुरु गरेको छ। एसोसिएसनले संस्थाका सदस्य अधिवक्ता जनार्दन बन्जाडेको संयोजकत्वमा ‘निःशुल्क कानुनी सेवा सहयोग समिति’ गठन गरेर परिचालन गरेको हो ।
काठमाडौँको चारखालस्थित डिल्लीबजार कारागारका कैदीबन्दीहरूसँग निःशुल्क कानुनी सेवाबारे अन्तरक्रिया गरेको हो ।
डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको प्रमुख आतिथ्य तथा सहयोग समिति संयोजक बन्जाडेको सभापतित्वमा भएको कार्यक्रममा कारागार प्रशासक रोमबहादुर राउत, डिएलएका महासचिव अधिवक्ता ज्ञानेन्द्र अधिकारी तथा प्रहरी निरीक्षक कपिलजंग शाही विशेष अतिथिका रुपमा सहभागी थिए ।
कार्यक्रममा कारागारमा रहेका करिब साढे ७०० कैदीबन्दी सहभागी भएका थिए । पैसा अभावका कारण कानुन व्यवसायी राख्न नसकी थप कानुनी उपचारबाट वञ्चित भएकाहरूलाई लक्षित गर्दै अभियान सुरु गरिएको डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।
कानुन व्यवसायीको आवश्यकता भएका तर शुल्क तिर्न नसक्ने कैदीबन्दीले कारागार प्रशासन मार्फत् जानकारी गराएपछि सेवा प्रदान गिरने केसीले जानकारी दिए ।’
अब पहिलो चरणमा उपत्यकाका जेलमा सेवा प्रदान गर्ने र बिस्तारै देशव्यापी बनाउदैँ लैजाने केसीको भनाई छ।