२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना सरकारी निवास छोडी ‘सुरक्षित स्थान’मा प्रस्थान

बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना सरकारी निवास छोडी ‘सुरक्षित स्थान’मा प्रस्थान

ढाका : बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना आफ्नो राजीनामाको माग गर्दै व्यापक विरोध प्रदर्शन भइरहेका बेला राजधानी ढाकामा रहेको आफ्नो सरकारी निवास छोडेको उनीनिकट स्रोतले सोमबार जानकारी दिएको छ ।

नाम उल्लेख नगर्ने शर्तमा उक्त स्रोतले भन्यो, ‘प्रधानमन्त्री र उहाँकी बहिनी प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको छ । उहाँले देशबासीका नाममा सम्बोधन रेकर्ड गराउन चाहनुभएको थियो । तर त्यसो गर्ने मौका पाउनुभएन ।’

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई जानकारी दिएको केही समयपछि नै प्रधानमन्त्रीले सुरक्षालाई मध्यनजर गर्दै सरकारी निवासबाट बाहिरिएकी हुन्।

आन्दोलनमा प्रहरीले धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै जाँदा आन्दोलनलाई थप उर्जा मिलेको छ । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागलाई बुलन्द पारेका छन् ।

सम्बन्धित खबर