१० बैशाख २०८२, बुधबार
23 April 2025, Wednesday

बंगलादेश छाडेर भारत गइन् प्रधानमन्त्री हसिना, सेना प्रमुखद्वारा अन्तरिम सरकार बनाउने घोषणा

बंगलादेश छाडेर भारत गइन् प्रधानमन्त्री हसिना, सेना प्रमुखद्वारा अन्तरिम सरकार बनाउने घोषणा

ढाका : बंगलादेशका सेना प्रमुख जनरल वकारले राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा अन्तरिम सरकार गठन हुने बताएका छन् । यसका लागि उनले विभिन्न दलसँग कुराकानी पनि गरेका छन् ।

शेख हसिना बंगलादेशको प्रधानमन्त्री पद त्यागेर भारतको अगरतला सहर गएकी छिन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले जनतालाई शान्ति कायम राख्न अपिल गरेका छन् । सेना प्रमुखले बंगलादेशको आन्दोलनमा मारिएकालाई न्याय दिने आश्वासन दिएका छन् ।

बंगलादेशी विद्यार्थीहरूले शेख हसिनाविरुद्ध गत महिनादेखि प्रदर्शन गरिरहेका थिए। देशका उच्च सरकारी पदमा रहेको आरक्षण खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

यो आन्दोलन निकै हिंसात्मक बनेको थियो, जसमा अहिलेसम्म करिब ३०० जनाको मृत्यु भइसकेको छ । विद्यार्थी शेख हसिनाको राजिनामाको मागमा अडिग थिए ।

हसिना सन् २००९ देखि बंगलादेशकी प्रधानमन्त्री थिइन् ।

बंगलादेशमा केही प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेको देखिएको छ भने हजारौं विद्यार्थीले प्रधानमन्त्रीको निवासमा ढुंगा हानेका छन् ।