११ मंसिर २०८१, मङ्लबार
26 November 2024, Tuesday

बंगलादेशमा प्रदर्शनकारीद्वारा प्रधानमन्त्री निवासमा तोडफोड र लुटपाट

बंगलादेशमा प्रदर्शनकारीद्वारा प्रधानमन्त्री निवासमा तोडफोड र लुटपाट

ढाका : शेख हसिनाको राजीनामापछि सेनाले जनतालाई शान्ति कायम राख्न अपिल गरेको छ। बंगलादेशमा शेख हसिनाले राजीनामा दिएपछि प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । तस्बिरमा प्रदर्शनकारीले प्रधानमन्त्री निवासका सामानहरू लैजाँदै गरेको देखिन्छ ।

ढाकामा रहेको बीबीसी संवाददाताका अनुसार स्थानीय समाचार च्यानलमा देखाइएको तस्विरमा प्रधानमन्त्री निवासबाट सोफाजस्तो वस्तु बोकेर गएको मानिसलाई देख्न सकिन्छ ।

बंगलादेशमा गत महिनादेखि विद्यार्थीहरू आन्दोलनमा थिए। उनीहरूको पहिलो माग सरकारी जागिरमा आरक्षण खारेज गर्ने थियो। पछि उनले प्रधानमन्त्री पदबाट शेख हसिनाको राजीनामा माग गरेका थिए ।

केही समयअघि शेख हसिनाले राजीनामा दिएर भारतको अगरतला सहर गएकी छिन् । त्यसपछि बंगलादेशका सेना प्रमुख जनरल वकार उज जमानले राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई शान्ति कायम राख्न अपील गरेका थिए ।