संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान
- २२ साउन २०८१
- १ मिनेटको पढाई
जेनेभा-मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले सोमबार गाजा युद्ध फैलिने डरले मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान गरेकाछन ।
“म मध्यपूर्वमा व्यापक द्वन्द्वको बढ्दो जोखिमप्रति अत्यन्त चिन्तित छु र प्रभावशाली राज्यहरूसहित सबै पक्षलाई अत्यन्तै अनिश्चित अवस्था बनेको छ भनेर तुरुन्तै कदम चाल्न आग्रह गर्दछु”, टर्कले भने।
इरानले सोमबार तेहरानमा प्यालेस्टिनी सशस्त्र समूह हमासका राजनीतिक नेता इस्माइल हानियाको गत हप्ता भएको हत्यामा इजरायललाई दण्ड दिने ‘कानूनी अधिकार’ रहेको बताएको छ ।
हानियाको हत्याबारे इजरायलले कुनै टिप्पणी गरेको छैन तर बेरुतमा आक्रमण गरेको स्वीकार गरेको छ ।
बेरुतमा भएको आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्रको मृत्यु भएका थियो । अहिले इजरायल र लेबनानमा हिजबुल्लाहबीच दैनिक सीमापार गोलीबारी भइरहेको छ ।
“पहिले नै, विगत १० महिनामा अधिकांश महिला र बालबालिकाहरूले बम र बन्दुकका कारण असहनीय पीडा सहेका छन्”, टर्कले भने, “यो स्थितिलाई रसातलमा जानबाट रोक्न सबैथोक गरिनुपर्छ ।”