११ मंसिर २०८१, मङ्लबार
26 November 2024, Tuesday

अमेरिकास्थित बंगलादेशको दूतावासमा छिरे प्रदर्शनकारी

अमेरिकास्थित बंगलादेशको दूतावासमा छिरे प्रदर्शनकारी

प्रदर्शनकारीहरूले अमेरिका न्युयोर्कस्थित बंगलादेशको दूतावासमा पनि प्रवेश गरेका छन् । उनीहरूले दूतावासभित्र रहेको शेख मुजिबुर रहमानको तस्बिर तोडफोड गरेका छन् ।

रहमान बंगलादेशका प्रथम राष्ट्रपति हुन् । उनलाई ‘बंगलादेशका पिता’ भनेर चिनिन्छ ।

प्रदर्शनकारीहरूले ‘बंगलादेश जिन्दावाद’ भन्दै नारा लगाएका थिए ।

प्रदर्शनले उग्ररूप लिएपछि शेख हसिना प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेकी छन् ।