२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

हुलदंगा भइरहेको बेलायती सहरको भ्रमण नगर्न नेपाली नागरिकलाई दूतावासको आग्रह

हुलदंगा भइरहेको बेलायती सहरको भ्रमण नगर्न नेपाली नागरिकलाई दूतावासको आग्रह

बेलायतका विभिन्न सहरमा भइरहेको प्रदर्शनमा सहभागी नहुन र सो ठाउँको भ्रमण नगर्न लण्डनस्थित नेपाली दूतावासले नेपाली नागरिकहरूलाई आग्रह गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै बेलायतमा रहेका वा बेलायत भ्रमण गर्न लागेका नेपालीहरूलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न र सहभागी नहुन अनुरोध गरेको हो।

‘यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरू ध्यानपूर्वक पालना गर्न अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको र आपत‍्कालीन अवस्थामा दूतावासमा सम्पर्क गर्न पनि विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित खबर