२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

शेख हसिना भारतमा नबस्ने अन्तै जाने तयारीमा

शेख हसिना भारतमा नबस्ने अन्तै  जाने तयारीमा

बंगलादेशमा काैटा आरक्षण प्रणालीमा भएकाे आन्दाेलन नियन्त्रण बाहिर गएपछि राजीनामा दिएर भागेर भारत पुगेकी प्रधान मन्त्री शेख हसिना अब अर्कै देशमा जान लागेकी छन्।

साेमबार शेख हसिना र शेख रेहाना (दिदीबहीनी) सहयोगीसहित देश छाडेर भारत आएका थिए।

स्रोतका अनुसार हसिनाको दलका अधिकांश सदस्यहरू अब आफ्नो अर्को सुरक्षित गन्तव्यका लागि भारत छोड्ने तरखरमा रहेको बुझिएकाे छ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको नव निर्वाचित अन्तरिम सरकारका सदस्यहरूले बिहिबार साँझ नै शपथ ग्रहण गर्ने बङ्गलादेश सेना प्रमुख जनरल वाकर–उज–जमानलेलाई उदृत गर्दै डेली स्टारले जनाएको छ ।

अन्तरिम सरकारमा १५ जना सदस्य हुनसक्ने सङ्केत गर्दै जमानले अब बङ्लादेशको स्थितिमा उल्लेखनीय सुधार हुँदै जाने र तीन–चार दिनभित्र सामान्य अवस्थामा फर्कने आशा व्यक्त गरे।

सम्बन्धित खबर