२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

भर्जिनिया राज्यबाट ८ दिनदेखि सम्पर्कविहीन ममताको खोजीमा सघाउन प्रहरीको अपिल

भर्जिनिया राज्यबाट ८ दिनदेखि सम्पर्कविहीन ममताको खोजीमा सघाउन प्रहरीको अपिल

भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यको मनाससबाट विगत ८ दिन देखि हराई रहेकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका) ममता काफ्ले भट्टको बारेमा भर्जिनिया राज्यको मनासस सहर स्थित मनासस पार्क प्रहरीले सूचना जारी गर्दै समुदायलाई उनी हराएको बारेमा सहयोगको लागि अपिल गरेको छ ।

उनी बेपत्ता भए पछि नेपाली समुदायले उक्त प्रहरी चौकीलाई उनका नजिकका आफन्त,साथीभाइ र सहकर्मीले जानकारी गराएपछि  प्रहरीले सूचना जारी गरेको हो ।

मनासस पार्क प्रहरीले सामाजिक सञ्जाल मार्फत जारी गरेको सूचनामा उनी जुलाई ३१ ,२०२४ सम्म अन्तिम पटक मनासस पार्क सहरमा देखिएको उल्लेख गरेको छ ।

मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीमा सर्वसाधारणलाई सहयोगको लागि आग्रह गरेको छ।

जानकारी भएका जो कोहीलाई ७०३(३६१(११३६ मा मनासस पार्क प्रहरीलाई सम्पर्क गर्न भनिएको छ।

सम्बन्धित खबर