७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

ग्लोबल नेपाली फिल्म अवार्ड’को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा हुने , कलाकारलाई न्यूयोर्कमा पाहुना बन्न निमन्त्रणा, कलाकर्मीमा उत्साह

ग्लोबल नेपाली फिल्म अवार्ड’को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा हुने , कलाकारलाई न्यूयोर्कमा पाहुना बन्न निमन्त्रणा, कलाकर्मीमा उत्साह

काठमाडौँ -चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिदै आएको र यस वर्षको अवार्ड कार्यक्रम पनि अघिल्लो वर्षझैँ न्यूयोर्क शहरमा हुने काठमाडौमा एक पत्रकार सम्मेलन गरेर जानकारी गराइएकोछ ।

बुढानिलकण्ठ स्थित लेवन ट्री प्रीमियर होटलमा नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमा अभिनेता नीर शाहको प्रमुख आथित्यता रहेको थियो।

त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कका अध्यक्ष तथा दिलकुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्कका अध्यक्ष नवराज केसी लगायत दर्जनौ दिग्गज कलाकर्मीको सहभागिता रहेको थियो।

कार्यक्रममा उपस्थित कलाकर्मीहरु नेपालको चलचित्र र कलाकारलाई विश्व सामु परिचित माध्यम सातौं ‘ग्लोबल नेपाली फिल्म अवार्ड हुन लागेकोमा उत्साहित देखिन्थे। नेपाली चलचित्र र कलालाई विश्व सामु परिचित बनाउन अहोरात्र खटिने किष्ण मल्ललाई धन्यवाद दिएर थाकेका पनि थिएनन्।

त्यस्तै त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कका अध्यक्ष तथा दिलकुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्कका अध्यक्ष नवराज केसी , रोटरी क्लव न्यूयोर्क क्वीन्सका पूर्व अध्यक्ष खमलाल भट्ट, कलाकार महादेव त्रिपाठीलाई स सम्मान आभार ब्यक्त गरिरहेका थिए।

कार्यक्रममा वक्ताहरुले ग्लोबल नेपाली फिल्म अवार्डले नेपाली चलचित्रलाई अझै उचाइमा पूर्या‍उने धारण व्यक्त गरेका थिए।

कार्यक्रम आयोजक नवराज केसीले सबै कलकर्मीलाई न्यूयोर्कमा स्वागतको निम्ता दिदैं पाहुनाका रुपमा आएर कार्यक्रमलाई सफल बनाइदिन आग्रह समेत गरेका थिए।

म कला क्षेत्रको मान्छे होइन, म नाच्न गाउन जान्दिन तर नेपाली कलाकर्मीको भावनालाई बुझ्छु त्यहि भएर न्यूयोर्कमा तपाईहरुसंग रमाउन चाहन्छु, नेपाली चलचित्रको उत्थानमा एउटा इट्टा थप्न चहान्छु उनको भनाइ थियो।

नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले उत्साहित हुदैँ भने- आजको उत्साह जनक उपस्थितिले मलाई  यस्ता कार्य गर्न अझै उर्जा थपेको छ, दर्जनौ नेपाल देखिका कलाकारको उपस्थिति र अमेरिकामा बस्दै आएका कलाकारहरुको एक ठाउँमा बनाउने अबसर समेत बताउदैँ मल्लले सातौं सस्करण भब्यताका साथ सम्पन हुने अपेक्षा समेत गरे।

कार्यक्रमा अभिनेता निर शाहले समकक्षि कलाकार तथा कलाकर्मीको प्रसंसा गरेर थाकेका समेत थिएनन्। सातौं ‘ग्लोबल नेपाली फिल्म अवार्डले नेपाली चलचित्रलाई अझै उचाइमा पूर्याउने र कलाकारमा मनोवल बढाउने समेत बताएका थिए। आयोजक कमिटिलाई धन्यबाद दिदै शाहले कार्यक्रम सफलताकाे शुभकामना समेत दिएका थिए।

त्यस्तै वरिष्ठ कलाकार तथा निर्देशक दिनेश डिसीले आफु कार्यक्रममा सहभागी हुन नपाए पनि कार्यक्रम सफलताको शुभकामना दिएका थिए। त्यस्तै वरिष्ठ अभिनेत्री बसुन्धरा भुषालले ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुने अवसर पाएकाे भन्दै आयोजकलाई धन्यवाद समेत दिएकी थिइन।

‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा २०२४ सेप्टेम्बरमा हुने तय भएको छ ।

सम्बन्धित खबर