९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

न्यूयोर्कको क्विन्समा ‘सातौं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै

न्यूयोर्कको क्विन्समा ‘सातौं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै

न्यूयोर्क : न्यूयोर्कको क्विन्स सहरमा ‘सातौं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ हुने भएको छ। नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको लागि उक्त अवार्ड कार्यक्रम गरिएको आयोजकले बताएका छन्।

नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको संयुक्त आयोजनामा हुने कार्यक्रम आउदो सेप्टेम्बर १५ मा हुने छ। कार्यक्रममा दर्जनौं चर्चित नेपाली कलाकारहरुको उपस्थिति रहने छ ।

उक्त अवार्ड कार्यक्रम सन् २०१६ देखि आयोजना भइरहेको र ६ संस्करणहरु सम्पन्न भइसकेको छ। कार्यक्रमको मुख्य प्रायोजन एटिए एभरेष्ट इन्स्योरेन्स र सह-प्रयोजन सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको रहेको छ। अवार्डको सातौँ संस्करणको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क र दिल कुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्क रहने विज्ञप्तिमा जनाइएको छ।

यसअधिका ६ वटै संस्करणहरु पनि अमेरिकाका विभिन्न राज्यहरुमा भएका थिए । यस कार्यक्रमको नारा’NEPALI CINEMA: VILLAGE TO GLOBE’ भन्ने रहेको छ।

कार्यक्रमको उद्देश्य नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्नु, सिनेमाको बजार प्रवर्धन गर्नु, अमेरिकामा रहेका नेपाली कलाकारहरुको पुनर्मिलन गराउनु, नेपाललाई चलचित्र पर्यटनको रुपमा विकास गर्नु रहेको आयोजकले जनाएका छन्।

विदेशमा आयोजना हुँदै आएको नेपाली अवार्ड मध्य सबैभन्दा प्रतिष्ठित यस अवार्ड कार्यक्रमले सिंगो देशको प्रतिनिधित्व गर्दै नेपाली चलचित्र क्षेत्रलाई फराकिलो बनाएको उनीहरुको भनाइ छ । नेपाली चलचित्रको युग परिवर्तन भएको र नेपाली चलचित्रहरू पनि अन्तराष्ट्रीय स्तरमा प्रतिस्पर्धा गर्न योग्य भएकोले नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि पनि यो अवार्ड महत्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी गराइएको थियो। कार्यक्रम बुढानिलकण्ठ स्थित लेवन ट्री प्रीमियर होटलमा भएको थियो। कार्यकक्रमको अध्यक्षता नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले लिएका थिए। कार्यक्रमा अभिनेता नीर शाहको प्रमुख आथित्यता रहेको थियो।

त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कका अध्यक्ष तथा दिलकुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्कका अध्यक्ष नवराज केसी लगायत दर्जनौ दिग्गज कलाकर्मीको सहभागिता रहेको थियो।

कार्यक्रममा उपस्थित कलाकर्मीहरु नेपालको चलचित्र र कलाकारलाई विश्व सामु परिचित माध्यम सातौं ‘ग्लोबल नेपाली फिल्म अवार्ड हुन लागेकोमा उत्साहित देखिन्थे। उनीहरुले कार्यक्रम आयोजना गर्ने र सघाउने सम्पूर्णप्रति आभार व्यक्त गरेका थिए।

कार्यक्रममा वक्ताहरुले ग्लोबल नेपाली फिल्म अवार्डले नेपाली चलचित्रलाई अझै उचाइमा पूर्या‍उने धारण व्यक्त गरेका थिए। कार्यक्रम आयोजक नवराज केसीले सबै कलकर्मीलाई न्यूयोर्कमा स्वागतको निम्ता दिदैं पाहुनाका रुपमा आएर कार्यक्रमलाई सफल बनाइदिन आग्रह समेत गरेका थिए।

‘म कला क्षेत्रको मान्छे होइन, म नाच्न गाउन जान्दिनँ तर नेपाली कलाकर्मीको भावनालाई बुझ्छु त्यहि भएर न्यूयोर्कमा तपाईहरूसँग रमाउन चाहन्छु’, नेपाली चलचित्रको उत्थानमा एउटा इट्टा थप्न चहान्छु उनको भनाइ थियो।

 

प्रेस विज्ञप्ती
नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको लागि हामीले सन् २०१६ देखि ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्दै आईरहेको छ । विगतका ६ संस्करणहरु शालिन, सभ्य र सुसंस्कृतरुपमा सम्पन्न गरिसकेका हामीले यसलाई निरन्तरता कुरा ‘सर्वविदितै दिँदै यस बर्ष पनि अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स शहरमा गरिने भएको छ। एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह-प्रयोजनमा हुने ग्लोबल नेपाली फिल्म अवार्डको सातौँ संस्करणको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क र दिल कुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्क रहनेछ।नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको संयुक्त आयोजनामा हुने सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड यहीं आउदो सेप्टेम्बर १५ तारिख आइतबार सम्पन्न हुनेछ । यसअधिका ६ वटै संस्करणहरु अमेरिकाका विभिन्न राज्यहरुमा भएका थिए । सन् २०१६, २०१७ र २०१८ मा कोलोराडोको | डेनभर शहरमा साथै २०१९ मा क्यालिफोर्नियाको सान्सफान्ससिस्को शहरमा भव्य रुपमा अवार्ड सम्पन्न भएका थिए । विश्वमहामारीको रुपमा फैलिएको कोमिड-१२ को कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना सकेको थिएन भने २०२२ मा कोलोराडो र २०२३ न्यूयोर्कमा सम्पन्न भएका थिए । हुन
‘NEPALI CINEMA: VILLAGE TO GLOBE’ भन्ने नारा सहित आयोजना गरिने यस अवार्ड कार्यक्रमका प्रमुख उद्देश्यहरु निम्नानुसार रहेका छन् ।
१. नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनः
क) सफल नेपाली चलचित्रहरु तथा सफल कलाकर्मीहरुलाई प्रोत्साहन गर्दै उनिहरुलाई विदेश भ्रमण गराउनु आफैँमा एउटा नविनतम पुरस्कार र सम्मान हो। यसका साथै अत्यन्त लामो समयसम्म विशिष्ट योगदान पुयाउने चलचित्रकर्मीहरुलाई पनि सम्मान गर्ने यस कार्यक्रमको आफ्नो परम्परा रहेको छ ।
ख) अमेरिकामा अहिले थुप्रै नेपाली चलचित्रकर्मी वा कलाकारहरु बस्दै आएका छन् । उनीहरु जहाँ रहेपनि नेपाल र नेपाली कलाबाट विमुख छैनन् । कति नेपालमा नै आएर चलचित्र निर्माण, अभिनय, निर्देशन वा गायनमा लागेका छन् भने कतिले त्यही नै सो कार्य गरेका छन् । त्यसैले डायस्पोरामा रहेका सक्रिय चलचित्रकर्मीहरुलाई प्रोत्साहित र सम्मानित गर्ने यस कार्यक्रमको अर्को विशेष पक्ष हो ।
२. बजार प्रवर्धनः
संयुक्त राज्य अमेरिकामा लाखौं नेपालीहरु स्थायी वा अस्थायीरुपमा बसोवास गर्दै आएका छन् । के युवा के पाठ सबैका माझ नेपाली चलचित्र, कला, संगीत र साहित्य संरक्षण गर्नु चुनौतीपूर्ण कार्य हो । तर, यसप्रकारको कार्यक्रम मार्फत उहाँहरुमा नेपाली चलचित्र र कलामा पुनः अभिरुची जगाउनु एउटा विशिष्ट उद्देश्य हो । यो हाम्रो सर्वोपरी उद्देश्य पनि हो ।
३. पुनर्मिलनः
संयुक्त राज्य अमेरिकामा सय नेपाली कलाकार, कमाकमीहरु रहेका छन् । ति कलाकर्मीहरुलाई यस कार्यक्रममा निम्ताएर यहाँबाट गएका कलाकारबीच पुनर्मिलन, भेटघाट र संवाद गराउने प्रमुख लक्ष्य हो। यसबाट उहाँहरुले अहिले नेपाली चलचित्र उ‌द्योगबारे जानकारी लिने गर्नुहुन्छ ।
४. चलचित्र पर्यटनः
नेपाललाई विदेशीहरुमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार वा परिचित गराउनु पनि यस कार्यक्रमको महत्वपूर्ण लक्ष्य हो । सो कार्यक्रममा विगतमा पनि हलीउडका निर्माता निर्देशकहरुलाई निम्ताउने गरिएको मात्र होइन, मन्चमा नै नेपाली वा विदेशी गीतमा विदेशीहरुबाट नृत्य प्रस्तुत पनि गरिएका उदाहरणहरु हामीमाझ छन् ।
विदेशमा आयोजना हुँदै आएको नेपाली अवार्ड मध्य सबै भन्दा प्रतिष्ठित अवार्ड ग्लोबल नेपाली फिल्म अवार्ड युएसए बनेको हुँदा पनि यस अवार्ड कार्यक्रमले सिंगो देशको प्रतिनिधित्व गर्दै नेपाली चलचित्र क्षेत्रलाई फराकिलो बनाएको छ । नेपाली चलचित्रको युग परिवर्तन भएको र नेपाली चलचित्रहरू पनि अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य भएकोले नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि पनि यो अवार्ड महत्वपूर्ण रहेको छ।
कृष्ण मल्ल
नेपाल फिल्म सोसाइटि
काठमाडौँ नेपाल
नवराज केसी
त्रिवेणी ईन्टरट्न्मेन्ट
तथा
दिलकुमारी केसी फाउण्डेसन

 

सम्बन्धित खबर