१ असार २०८२, आइतवार
15 June 2025, Sunday

आदिवासी दिवसको अवसरमा ‘आदिवासी जुर्मुराउँदा ‘ गीत सार्वजनिक

आदिवासी दिवसको अवसरमा ‘आदिवासी जुर्मुराउँदा ‘ गीत सार्वजनिक

काठमाडौं : ३० औं आदिवासी दिवसको अवसरमा आदिवासी जुर्मुराउँदा ‘ गीत सार्वजनिक भएको छ। आदिवासी सम्बन्धी उक्त गीत अगस्ट ९ विश्व आदिवासी दिवसकै दिन ममता राई इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

गीतको भिडियो गायक राजेस पायल राई र गायिका सुनीता थेगिमको लिपसिङमा स्टुडियो किङमा खिचिएको छ ।

यस गीतमा मूलवासी-आदिवासीहरुको योगदान, उनीहरुको विविध संस्कार, संस्कृतिले हाम्रो देशको शिर उच्च राखेको र जुनसुकै भूमी र राष्ट्रमा पुगेर पनि आदिवासी मुलबासीहरु आफ्नो अस्तित्त्व देखाउने कुरा बताइएको छ। साथै गीतमा आदिवासी, मूलवासीहरु जुर्मुराए, एकतावद्ध भए विश्व सारा हाँस्छ र हसाउने क्षमता रहेको जनाइएको छ। यसमा पुर्खाबाट पाएको पहिचान र संस्कार भावी पुस्तालाई सिकाउनु पर्ने कुरा गीतकार ममता खालिङ राईले दर्साउन खोजेकी छन्।

लामो समयदेखि अमेरिका बस्दै आएकी गीतकार ममता खालिङ राईले लेखेको ‘आदिवासी जुर्मुराउँदा ’ बोलको गीतको स्टुडियो भिडियो शुक्रबार अगस्ट ९ सार्वजनिक भएको हो । उक्त गितको संगीत पवन बान्तावा राई र एरेन्जमेनट मनोज साङसोन राईले गरेको उक्त गीतकै गितकार ममता राईले बताइन्।

उक्त गीत अनौपचारिक जमघटको बीचमा अमेरिकाको एल्महर्स्टमा रहेको साउन्ड स्टुडियोमा सार्वजनिक भएको हो । गीत सार्वजनिक कार्यक्रममा आदिवासी जनजाति महासंघ अमेरीकाका अध्यक्ष तोरण गुरुङ,कोषाध्यक्ष कृष्णमाया महर्जन ,सचिव शान्ती गुरुङ, युक्रा केन्द्रीय उपाध्याय केशव राम राई, केन्द्रीय बोर्ड सदस्या गरच किरात, युक्रा न्युयोर्क चाप्टर परीवारका केही सदस्यहरु, कल्चर कोर्डिनेटर रोसन राई, गायिका तथा मोडल यशोधा खालिङ राई ,गायक दुर्गा बहादुर बान्तवा राई, हेल्लो अमेरीकाका इडिटर र फ़ोटोग्राफ़र सम्राट कार्कीसमेतको उपस्थितिमा रहेको जनाइएको छ ।

सम्बन्धित खबर