रास्वपा सांसदले आकस्मीक समयमा बोल्दै गर्दा सभामुखले माइक काटेपछि विपक्षी दलकोे विरोध
२९ साउन २०८१
१ मिनेटको पढाई
काठमाडौं : रास्वपा सांसदले आकस्मीक समयमा बोल्दै गर्दा सभामुखले माइक काटेपछि विपक्षी दलले विरोध जनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद हरि ढकालले डेडिकेटेड र ट्रंक लाइनको विवादको विषयमा बोलिरहदा सभामुख देवराज घिमिरेले माइकको लाइन काटेक थिए । सभामुखले लाइन काटेपछि माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरू सिटबाट उठेर विरोध गरेका थिए । सभामुख घिमिरेले भने बिषयभन्दा बाहिर गएर बोलेकाले माइक काटेको बताउदै यो सभामुखको अधिकारको बिषय भएको बताउनुभएको थियो । तर बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि केहिबेर सदनको कामकारवाही प्रभावित भएको थियो ।
विरोधकैबीच सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानलेलाई बोल्न समय दिएपनि लामिछानेले हरि ढकालले नै आफ्नो बिषय राख्न पाउनुपर्ने बताए। विधुत महशुल भन्ने बितिकै लाइन काटिनु गम्भीर आपत्तीको बिषय भएको उनले बताए।
त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यहरुलाई आफ्नो बिषयबस्तुमा धारणा राख्नबाट रोक्ने काम मान्य नहुने उल्लेख गरे।
केहिबेरको विवाद पछि सभामुख घिमिरेले पुन सांसद ढकाललाई बोल्न समय दिनुभएको थियो ।
उद्योगीहरुको बिजुलीको लाइन जोड्न प्रधानमन्त्रीले निर्देशन दिएजस्तै महशुल उठाउनका लागि पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने जिकिर गरे। उनले प्रतिपक्षीको आवाज कमजोर नभएको भन्दै भ्रष्टाचारबिरोधी महाअभियानमा रास्वपाले निरन्तर आवाज उठाउने बताए।
ढकालले पुन धारणा राखेपछि प्रतिनिधिसभा बैठक सहज रुपमा अघि बढेको थियो ।