९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

गिरिबन्धु टी–स्टेट, नक्कली भुटानी शरणार्थी, ट्रंक लाइन, सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन हुनुपर्छ गगन थापा

गिरिबन्धु टी–स्टेट, नक्कली भुटानी शरणार्थी, ट्रंक लाइन, सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन हुनुपर्छ गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनमार्फत जनताको अधिकारलाई कटौति गर्न लागिएको भन्दै भ्रम छर्न खोजिएको बताएका छन।

मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै थापाले संविधानले दिएको अधिकार कसैले कटौति गर्न नसक्ने भन्दै ०४७ कै संविधानतिर लैजाने बहस सहि नभएको बताएका हुन । उनले संविधान सशोधनमार्फत अहिलेको निर्वाचन प्रणालीलाई राम्रो बनाउन सकिने उल्लेख गरे।

एउटा दलले ४० प्रतिशत हाराहारी मत ल्याउँदा पाँच वर्ष सरकार चलाउने गरी मिलाउन सक्ने व्यवस्था गर्न सकिने उनले बताए। थापाले संविधान संशोधनका नाममा चलेका आरोपबाट कांग्रेस–एमाले भाग्न नहुने भन्दै जनतालाई स्पष्ट पार्न सक्नुपर्ने धारणा राखे।

उनले आफुहरु यसअघि प्रतिपक्षीमा रहदा उठाएका मुद्धाहरु सत्तापक्षमा रहदा पनि कायमै रहेको र गिरिबन्धु टी–स्टेट, नक्कली भुटानी शरणार्थी ठगी प्रकरण, ट्रंक लाइन विवाद, सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन हुनुपर्ने बताए।

थापाले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयन नै मुख्य विषय भएकाले त्यही अनुसार नै अघि बढ्ने स्पष्ट पारे। ठूला दल मिल्नुपर्ने अवस्थाको औचित्यबारे पुष्टि गरिनुपर्ने उनको भनाइ छ ।