विद्युत प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्नेमा कुनै दुइमत छैन : रवि लामिछाने
२९ साउन २०८१
१ मिनेटको पढाई
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारलाई नजिकबाट नियालिरहेको बताएका छन।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सरकारको सुरुवाती संकेतलाई जनताले मुल्याङ्कन गरिरहेको भन्दै पार्टीले पनि नजिकबाट नियालिरहेको बताएका हुन।
उनले छिटै पार्टीका तर्फबाट सरकारको कामकारवाहीका बारेमा धारणा सार्वजनिक गर्ने जिकिर गरे। लामिछानले विद्युत प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्नेमा कुनै दुइमत नरहेको बताए।
त्यस्तै उनले भ्रष्टाचार कसुरका लागि पाँच बर्षे हदम्याद स्वीकार्य नहुने भन्दै जुनसुकै समयमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड दिए।