११ मंसिर २०८१, मङ्लबार
26 November 2024, Tuesday

समर्थकलाई हसिनाको आग्रह : बिहीबार ढाकामा सार्वजनिक रूपमा उपस्थित हुनू

समर्थकलाई हसिनाको आग्रह : बिहीबार ढाकामा सार्वजनिक रूपमा उपस्थित हुनू

अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले मंगलबार आफ्ना समर्थकहरूलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छिन् ।

‘म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु,’ उनले अमेरिकामा रहेका आफ्ना छोरामार्फत पत्रकारहरुलाई दिएको लिखित विज्ञप्तिमा भनेकी छिन् ।

हसिनाका पिता शेख मुजिबर रहमान बंगलादेशका संस्थापक नेता हुन् । १५ अगस्ट १९७५ मा उनको लगभग पूरै परिवारको सेनाले हत्या गरेको थियो । हसिना र उनकी बहिनी भने विदेशमा रहेका कारण उनीहरु हत्याबाट जोगिएका थिए ।

शेख मुजिबर रहमानको हत्यापछि उनकै मन्त्रिपरिषदका एक सदस्य खाँडकर मुस्ताक अहमदलाई राष्ट्रपति बनाइएको थियो ।