९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

पूर्वराजालाई नोबेल शान्ति पुरस्कारका लागि दलहरुले सिफारिस गर्नुपर्छ : राजेन्द्र लिङ्देन

पूर्वराजालाई नोबेल शान्ति पुरस्कारका लागि दलहरुले सिफारिस गर्नुपर्छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पूर्वराजाले खेलको भूमिकालाई नविर्सन सुझाव दिएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा लिङदेनले द्वन्द्व सम्झौताबाट टुंगिएको र सम्झौताको एउटा पक्ष पूर्वराजाहरु भएकाले उनीहरुको भूमिकालाई बिर्सन नहुने बताएका हुन।

शान्ति प्रक्रियामा सहयोग पुर्‍याएवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरुले सिफारिस गर्नुपर्ने उनले बताए।

त्यस्तै उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुराएसंगै देशमा फेरि कहिल्यै द्वन्द्व दोहरिन दिन नहुने धारणा राखे। हिंसा जुनसुकै अवस्थामा पनि दण्डित हुन्छ भन्ने स्थापीत गर्नुपर्ने भन्दै उनले सवै मिलेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने बताए।

अहिले संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयकलाई समर्थन गरेपनि यसका प्रक्रियालाई नियालिरहने उनले बताए।