८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

दिल कुमारी केसी स्मृति प्रतिष्ठानद्वारा गंगा जमुनालाई शैक्षिक सामग्री हस्तान्तरण

दिल कुमारी केसी स्मृति प्रतिष्ठानद्वारा गंगा जमुनालाई शैक्षिक सामग्री हस्तान्तरण

न्यूयोर्क :  दिल कुमारी केसी स्मृति प्रतिष्ठानले विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। प्रतिष्ठानले धादिङको गगा जमुना- ५ दाङसिङमा रहेको गंगा जमुना आधारभूत विद्यालयलाई विभिन्न आधुनिक शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।

सेवालाई मुख्य प्राथमिकतामा राखेको दिल कुमारी केसी स्मृति प्रतिष्ठानले यसअघि पनि विभिन्न विद्यालयमा आवश्य शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ।

सामग्री हस्तान्तरण कार्यक्रम साउन ३० अर्थात यही बिहीबार गरिएको हो। विद्यालयलाई प्रतिष्ठानका तर्फबाट १ थान कम्प्युटर, १ प्रिन्टर र १ पोजेक्टर स्क्रिन दिइएको हो। सामग्री अमेरिकाबासी (Education Advancement Initiative) इएआइका निर्देशक रोशन सिम्खडाले साउथ वस्टेन कलेज बसुन्धरामा भएको कार्यक्रममा दाङसिङका स्थानीय कालिका बानियालाई सामग्री हस्तारण गरिएको थियो।

कार्यक्रममा दिलकुमारी प्रतिष्ठानका नेपाल अध्यक्ष उषा कार्की अमेरिकाका अध्यक्ष  नवराज केसी, संस्थामा आवद्ध भरत बहादुर खत्री, डा. राजेन्द्र केसी, हरिसिंह केसी, सुजाता कार्की, नकुल अधिकारी लगायतको उपस्थिति थियो ।

विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराएकोमा दिल कुमारी केसी स्मृतिका अध्यक्ष उषा कार्की र विशेष नवराज केसी लगायत केसी परिवारलाई गंगा जमुना सामुदायिक विकास युवा क्लबका अध्यक्षले धन्यवाद दिइएका थिए।

विद्यालयका लागि प्रदान गरिएका उक्त सामग्रीहरु ईएआईले दिएको हो। कम्युटर, प्रिन्टर, प्रोजेक्टरलगायतका प्रविधिमैत्री शैक्षिक सामाग्री उपलब्ध गराएको यस संस्थाले दुर्गम क्षेत्रको शैक्षिक स्थितिमा सुधार ल्याउने उद्देश्यले संस्थाले सामाग्री प्रदान गरेको जनाइएको छ।

ईएआईले विश्वभरका बालबालिकाको लागि शिक्षामा पहुच र स्तरीयता प्रदान गर्ने कार्य गर्छ। शिक्षाबाट नै विश्वभरमा समानता कायम गर्न सकिन्छ भन्ने कुरामा संस्थाले विश्वास राख्छ।

यो संस्थाले नेपालमा भूकम्प गएको समयमा पनि बालबालिकाहरुको सहयोगका लागि विभिन्न कार्य गरेको थियो। सो समयमा संस्थाले बालबालिकालाई आघातबाट बाहिर निकाल्न कोष सङ्कलन गरी विद्यालय निर्माण गर्न मद्दत गरेको थियो । यसले भूकम्प प्रभावित क्षेत्रका बालबालिका विद्यालय जान पाएका थिए ।

संस्थाको अहिलेको मुख्य उद्देश्य भनेको एक्काइसौं शताब्दीको शैक्षिक स्रोतहरू प्रदान गरेर शिक्षार्थीहरूलाई आधुनिक ज्ञान सिपयुक्त बनाउनु रहेको छ।