जनैपूर्णिमा (रक्षाबन्धन)का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ ।
तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनपूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ।
हिन्दू धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रोच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षाबन्धन लगाएर जनैपूर्णिमा पर्व मनाउने परम्परा रहिआएको छ ।
पोखराको केदारेश्वर मन्दिर परिसरमा जनैपूर्णिमाका अवसरमा जनै मन्त्रने कर्म गर्दै पुरोहितहरु।जनैपूर्णिमाको दिन सोमबार गुल्मीको सदरमुकाम तम्घासस्थित भगवती मन्दिरमा सामुहिकरूपमा जनै र डोरो पुज्दै पुरोहितहरु ।नेपालको दोस्रो गोसाइँकुण्डका रूपमा मानिँदै आएको चाँगुनारायण नगरपालिका‐६ नगरकोटस्थित महादेव पोखरी कुण्ड अर्थात रत्नचुडेश्वर महादेव मन्दिरमा सोमबार जर्नैपूर्णिमा मेलामा सहभागी विदेशी पर्यटक र पूजाअर्चना गर्न आएका भक्तजन ।जनैपूर्णिमाको दिन सोमबार वीरगञ्जको गहवामाई मन्दिर प्राङ्गणमा पुरोहितबाट रक्षाबन्धन बाँध्दै भक्तजन । साउन शुक्ल पूर्णिमाको दिन रक्षाबन्धन तथा जनै फेर्ने धार्मिक परम्परा रहेको छ ।जनैपूर्णिमाको दिन सोमबार वीरगञ्जको गहवामाई मन्दिर प्राङ्गणमा पुरोहितबाट रक्षाबन्धन बाँध्दै भक्तजन । साउन शुक्ल पूर्णिमाको दिन रक्षाबन्धन तथा जनै फेर्ने धार्मिक परम्परा रहेको छ ।तनहुँको शुक्लागण्डकी नगरपालिका-८ भण्डारीकुनास्थित शिवालयमा जनैपूर्णिमाका अवसरमा जनै मन्त्रने कर्म गरिँदै ।जनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु । गणस्नानमा सामूहिक रूपमा पुरोहितहरुद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य , भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रने परम्परा रहेको छ ।जनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु । गणस्नानमा सामूहिक रूपमा पुरोहितहरुद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य , भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रिने परम्परा रहेको छ ।पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारामा सोमबार जनैपूर्णिमामा स्नान गरि जनै फेर्दै भक्तजन ।पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारामा सोमबार जनैपूर्णिमामा स्नान गरि जनै फेर्दै भक्तजन ।पशुपतिनाथ मन्दिरमा जनैपूर्णिमाका दिन सोमबार पूजाअर्चनाका लागि आएका भक्तजन ।