८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

तस्विरमा रक्षाबन्धन अर्थात जनैपूर्णिमा

तस्विरमा  रक्षाबन्धन  अर्थात जनैपूर्णिमा

जनैपूर्णिमा (रक्षाबन्धन)का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ ।

तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनपूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ।

हिन्दू धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रोच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षाबन्धन लगाएर जनैपूर्णिमा पर्व मनाउने परम्परा रहिआएको छ ।

पोखराको केदारेश्वर मन्दिर परिसरमा जनैपूर्णिमाका अवसरमा जनै मन्त्रने कर्म गर्दै पुरोहितहरु।
जनैपूर्णिमाको दिन सोमबार गुल्मीको सदरमुकाम तम्घासस्थित भगवती मन्दिरमा सामुहिकरूपमा जनै र डोरो पुज्दै पुरोहितहरु ।
नेपालको दोस्रो गोसाइँकुण्डका रूपमा मानिँदै आएको चाँगुनारायण नगरपालिका‐६ नगरकोटस्थित महादेव पोखरी कुण्ड अर्थात रत्नचुडेश्वर महादेव मन्दिरमा सोमबार जर्नैपूर्णिमा मेलामा सहभागी विदेशी पर्यटक र पूजाअर्चना गर्न आएका भक्तजन ।
जनैपूर्णिमाको दिन सोमबार वीरगञ्जको गहवामाई मन्दिर प्राङ्गणमा पुरोहितबाट रक्षाबन्धन बाँध्दै भक्तजन । साउन शुक्ल पूर्णिमाको दिन रक्षाबन्धन तथा जनै फेर्ने धार्मिक परम्परा रहेको छ ।
जनैपूर्णिमाको दिन सोमबार वीरगञ्जको गहवामाई मन्दिर प्राङ्गणमा पुरोहितबाट रक्षाबन्धन बाँध्दै भक्तजन । साउन शुक्ल पूर्णिमाको दिन रक्षाबन्धन तथा जनै फेर्ने धार्मिक परम्परा रहेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका-८ भण्डारीकुनास्थित शिवालयमा जनैपूर्णिमाका अवसरमा जनै मन्त्रने कर्म गरिँदै ।
जनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु । गणस्नानमा सामूहिक रूपमा पुरोहितहरुद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य , भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रने परम्परा रहेको छ ।
जनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु । गणस्नानमा सामूहिक रूपमा पुरोहितहरुद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य , भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रिने परम्परा रहेको छ ।
पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारामा सोमबार जनैपूर्णिमामा स्नान गरि जनै फेर्दै भक्तजन ।
पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारामा सोमबार जनैपूर्णिमामा स्नान गरि जनै फेर्दै भक्तजन ।
पशुपतिनाथ मन्दिरमा जनैपूर्णिमाका दिन सोमबार पूजाअर्चनाका लागि आएका भक्तजन ।