धादिङ : नेवार समुदायको सांस्कृतिक पर्व लाखे जात्रा धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा विधिवत् रूपमा पूजाआजा गरी लाखे नाच लगाएर जात्रा सुरु गरिएको हो।
जात्राको शुभारम्भमा पियानो, किबोर्ड, धा बाजा बजाएर लाखे नाच लगाइएको हो।
जात्रामा सहभागीहरूलाई टीका प्रसाद ग्रहण गरिएको छ। अन्य समयमा रोक लगाइएको, तर नेवारी समुदायमा पूजाआजा गर्दा प्रयोग गरिने सगुनसमेत सहभागीहरूलाई दिएर जात्राको रौनक र नेवारी समुदायको झलक दिएका हुन्।
राजा गुणकाम देवको पालादेखि लाखे जात्रा सुरु गरिएको भए तापनि राजा प्रताप मल्लको पालादेखि राक्षसको स्वरूपमा मुकुट लगाई कालिकाको वस्त्र धारण गरि लाखे नाच नाच्ने गरिएको पाइन्छ।
काठमाडौं उपत्यकाबाट सुरु भएको यो जात्रा नेपाल अधिराज्यभर नेवार वस्तीहरूमा हुने गरेको छ।