विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन
- ०४ भदौ २०८१
- १ मिनेटको पढाई
विश्वकै बढी उमेरकी महिलाको मंगलबार निधन भएको छ । अमेरिकामा जन्मिएकी मारिया ब्रानयास मोरेराको ११७ वर्षको उमेरमा निधन भएको हो ।
उनको मृत्युबारे परिवारका सदस्यले सामाजिक सञ्जालमार्फत जानकारी दिएका सीएनएनले जनाएको छ । गिनिज वर्ल्ड रेकर्ड्स (जीडब्लूआर) ले विज्ञप्ति जारी गर्दै मोरेराको ११७ वर्ष १६८ दिनको उमेरमा निधन भएकाे जनाएको छ ।
जीडब्लूआरका अनुसार उनी विश्वमा सबैभन्दा लामाे समय बाँच्नै आठौं व्यक्ति हुन् । मोरेरा २०२३ को जनवरीमा विश्वकै सबैभन्दा बढी उमेरकी घोषित भएकी थिइन् । माेरेराकाे जन्म उनको परिवार स्पेनबाट अमेरिका बसाईं सरेको एक वर्षपछि १९०७ मार्च ४ मा जन्मिएकी थिइन् ।
त्यसको ८ वर्षपछि उनको परिवार स्पेनको बार्सिलोना फर्केको थियो । पछिल्लो समय भने उनी स्पेनको क्याटालोनियामा बस्दै आएका थिइन् । उनी कोभिड १९ को संक्रमणबाट निको हुने सबैभन्दा बढी उमेरकी मानिससमेत हुन् ।