२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

दर्शन ठकुरी समाज र नेपाली भान्सा घरद्वारा न्युयोर्कमा ज्ञानेन्द्र शाही सम्मानित

दर्शन ठकुरी समाज र नेपाली भान्सा घरद्वारा न्युयोर्कमा ज्ञानेन्द्र शाही सम्मानित

सन्त रिसाल, न्युयोर्क : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीको न्युयोर्कमा भव्य स्वागत तथा सम्मान गरिएको छ ।
अमेरिका भ्रमणका क्रममा न्युयोक पुगेका शाहीलाई न्युयोर्कका दर्शन ठकुरी समाज र नेपाली भान्सा घरद्वारा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनलाइ स्वागत तथा सम्मान गरिएको हो ।

दर्शन ठकुरी समाजका अध्यक्ष एवं नेपाली भान्सा घरकी सञ्चालक विमला हमालले फूलगुच्छासहित सम्मानपत्र दिएर नेता शाहीको सम्मान गरेकी थिइन ।

कार्यक्रममा शाहीले आफ्नो अमेरिका भ्रमणको उद्देश्यमाथि प्रकाश पार्दै १३ वटा राज्यको भ्रमण गरी त्यहाँ बसोबास गरेका नेपालीहरुलाई भेटेर सुझाव लिनुका साथै केही अमेरिकी सांसदसँग भेटघाट गरी अमेरिकाको शासन प्रणालीबारे आफूले जानकारी लिएको बताएका थिए।

उनले अरु आठ–नौ वटा राज्यको भ्रमण गर्ने जानकारी दिँदै आफू यहाँ भाषण दिन नआएको नभई यहाँ बसेका नेपालीहरुको समस्याबारे सुझाव लिन आएको स्पष्ट गर्दै यहाँको राजनीतिक प्रणाली, प्रशासनिक प्रणालीबारे अध्ययन गर्न आएको बताए।

कार्यव्रmममा सहभागीहरुसंग प्रश्नोत्तर पहित जानकारी समेत लिएका थिए ।

दर्शन ठकुरी समाजका अध्यक्ष विमला हमालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा न्युयोर्क सिटीका मेयरका सल्लाहकार नवराज केसी, अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाजका अध्यक्ष वीरेन्द्र जङ्ग केसी , दर्शन ठकुरी समाजका पूर्वअध्यक्ष एवं बुद्धिजीवी मिलन शाही, हामी नेपाली ग्लोबल न्युयोर्कका अध्यक्ष शोभाकान्त पाण्डेले शाहीको स्वागत गर्दै नेपाली राजनितीका बारेमा रचनात्मक सुझावहरु दिएका थिए । कार्यक्रम भब्यरुपमा सम्पन्न भएको थियो ।

कार्यक्रमको अन्त्यमा सभाका सभापति विमला हमालले सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सञ्चालन भने समाजसेवी रेशम शाहले गरेका थिए।